गुल्मी अस्पतालको वार्षिक समिक्षा, निर्माणाधीन भवनको ढिलासुस्तीमा चासो



सन्तोष महतारा


गुल्मी । गुल्मी अस्पतालले गुल्मी अस्पतालबाट संचालित स्वास्थ्य सेवाहरुकाे वार्षिक प्रगति समिक्षा गाेष्ठी सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/०८१ काे वार्षिक प्रगति समिक्षा गाेष्ठी शनिबार तम्घासस्थित जिल्ला समन्वय समितिकाे सभाहलमा सम्पन्न गरेको हो ।

समिक्षाका क्रममा सराेकारवालाहरुले गुल्मी अस्पतालकाे निर्माणाधीन भवनमा भइरहेको ढिलासुस्तीमा चासो देखाएका थिए । नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डे, गुणानिधि शर्मा, सुशासन अभियानका विनोद पाण्डेले गुल्मी अस्पतालकाे निर्माणाधीन भवनमा भइरहेको ढिलासुस्ती सम्बन्धी प्रश्न उठाएका थिए । अस्पताल निर्माण सम्पन्न गर्ने पछिल्लो पटकको म्याद गत असारमा सकिएर पनि पुनः आगामी पुस मसान्तसम्म म्याद थपिएको छ । अहिले अस्पताल निर्माणकाे काम सुस्त गतिमा भइरहेको छ । यसको अलावा गुल्मी अस्पतालमा व्यवस्थापकीय पक्ष अस्तव्यस्त भइरहेको सन्दर्भमा पनि सराेकारवालाकाे चासाे थियो । विदाकाे अर्को दिन अस्पतालमा निकै भिड लाग्ने, बिल काट्ने समयमा पनि लामाे लाइन लाग्नुपर्ने, डा. सामु सबै बिरामी घेराउ गरेर उपचारमा समस्या गराउने, स्वास्थ्य बिमा अन्तर्गतका औसधि कम मात्रामा पाइने, ल्यावका रिपोर्ट ढिलो आइरहेको र डा.हरुकाे मुस्कानसहितको सेवा नभएको लगायतका समस्याहरु उठान भएका थिए ।

Jeewan and Rajan Tailors

जस क्रममा अस्पतालले सक्दाे व्यवस्थापन गरिरहेकाे जवाफमा बताइएको थियो । गुल्मी अस्पताल ल्याव शाखाका प्रमुख के.पी. भण्डारीले छिटो आउनेले छिटो नै रिपोर्ट पाएकाे र सबै रिपोर्ट मेसिन मार्फत नै आउने हुँदा प्रक्रियामै ढिला भएको प्रतिक्रिया दिए । साथै गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गाेपालप्रसाद पाण्डेले आफूहरूले धेरै समस्याका बीचमा पनि समाधान निकालेर काम गरिरहेको बताएका थिए ।

The Star Family Restaurant

गुल्मी अस्पतालका जनस्वास्थ्य निरिक्षक बाेम अर्यालले सहजीकरण गरेको वार्षिक प्रगति समिक्षा तथा आगामी कार्ययोजना सम्बन्धीकाे उक्त कार्यक्रममा गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विभव बस्यालले आर्थिक वर्ष २०८०/०८१ मा भएका सम्पूर्ण गतिविधि, समस्या, चुनाैती र समाधानका बिषयहरु प्रस्तुतिकरणमा प्रस्तुत गरेका थिए । जस क्रममा उनले ७४ हजार आठ सय ७९ जना बिरामीले ओपिडी मार्फत सेवा लिएका छन् । जसमा दुई हजार एक सय ३८ जना बिरामीकाे अप्रेसनद्वारा उपचार गरिएको छ । इमर्जेन्सी सेवा १० हजार आठ सय एक जनाले उपचार गराएका छन् । स्वास्थ्य बिमाको बढ्दो प्रभावकारिताका कारण सामान्य स्वास्थ्य चेकजाँच गराउनेकाे संख्या बढिरहेको छ । साँघुरो भाैतिक संरचनाको कारण पनि गुणस्तरीय सेवा प्रवाह गुल्मी अस्पतालबाट भइरहेको छ ।

कार्यक्रममा रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले नगरपालिकाकाे तर्फबाट सहयोग गरिरहेका बताइन् । उनले हाडजोर्नी सेवा प्रभावकारी बन्दै गएकोमा नगरपालिकाकाे पहल सार्थकता भएको बताइन् । उनलेे मृगौला डायलाईसिस, बिहान ९ बजेदेखि ओपिडी सेवा, हाडजोर्नी सेवा, आइसियु सेवा र समन्वय तथा सहजीकरणका कामहरू गरिरहेकाे बताइन् ।

जिल्ला समन्वय समितिका गुल्मीका प्रमुख द्राेणबहादुर खत्रीले पछिल्ला वर्षहरूमा गुल्मी अस्पतालकाे सेवा प्रवाह सुदृढीकरण बन्दै गएकोमा खुसी व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि समन्वय प्रमुख खत्रीले अस्पतालकाे सेवाहरुमा सुधार हुँदै गएको तर निर्माणाधीन भवनको बिषयमा बारम्बार ताकेता गर्दा पनि नतिजा निकाल्न नसकिएको बताए । ‘भवन निर्माणको ढिलासुस्तीमा हामीले धेरै ताकेता गरेका छौं’ समन्वय प्रमुख खत्रीले भने, “निर्माण व्यवसायीले काम गर्छु भन्ने तर नगर्ने गर्दा समस्या भइरहेको छ ।” उनले रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थी र आफूले बुटवल र काठमाडौं पुगेरै निर्माण व्यवसायी भेटेर ताकेता गरेको बताए । जति प्रयास गर्दा पनि नतिजा नदेखिएकोमा अब केही न केही हुनेगरी प्रयास गर्ने जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्राेणबहादुर खत्रीले बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया