गुल्मी । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ गुल्मीको अध्यक्षमा कृष्ण आचार्य चयन भएका छन् । जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न १० औं जिल्ला अधिवेशनले आचार्यको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा हरिकृष्ण सुवेदी, सचिवमा सन्देश खत्री, उपसचिवमा सज्जन ढकाल , उपसचिव महिलामा पुजा कंडेल, कोषाध्यक्षमा हिमाल भण्डारी चयन भएको युवा संघ नेपाल केन्द्रीय सदस्य कपुर घिमिरे बताए । अधिवेशनमा नेकपा एमाले केन्द्रीय सदस्य जंग नेपाली, एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछ, युवा संघ केन्द्रीय सदस्य कपुर घिमिरे लगायता युवासंघका जिल्ला स्तरका नेता कार्यकर्ताको सहभागीता रहेको थियोे ।
एमाले गुल्मीले अधिवेशन गर्न बाँकी रहेका जनवर्गीय संगठनकोो अधिवेशन गर्ने कार्य तिब्रताका साथ अगाडि बढाएको छ ।