गुल्मीमा बहिरा तथा फरक क्षमता भएका बिद्यार्थीको आँखा परीक्षण



टाेपलाल अर्याल


गुल्मी । विश्व दृष्टि दिवसको अवसरमा उपल्लो तम्घास माविका बहिरा तथा फरक क्षमता भएका बिद्यार्थीको आँखा जाँच गरिएको छ । हरेक बर्ष ८ अक्टोबर २०२६ मा विश्वभर विभिन्न जनचेतनामूलक तथा आँखा स्वास्थ्यसम्बन्धी कार्यक्रम गरेर दिवस मनाउने गरिन्छ ।

अन्तर्राष्ट्रिय स्तरमा यस वर्ष मानिसका अनुभव, समुदायको सहभागिता र आँखा स्वास्थ्यप्रतिको व्यक्तिगत प्रतिबद्धतालाई केन्द्रमा राख्दै, ‘लभ योर आइज‘ अभियानलाई अघि बढाइएको छ। नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र गुल्मीका कार्यबहाक अध्यक्ष पदमप्रसाद पाण्डेले विश्व दृष्टि दिवस केवल एउटा दिवस मनाउने औपचारिक कार्यक्रम मात्रै नभएर आँखाको स्वास्थ्यप्रति मानिसलाई सचेत गराउने, समयमै आँखा परीक्षण गराउने, उपचारयोग्य दृष्टिविहीनता घटाउने र सबैका लागि गुणस्तरीय आँखा उपचार सेवाको पहुँच सुनिश्चित गर्ने विश्वव्यापी अभियान भएको बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी मोति प्रसाद सापकोटाले मान्छेले बाह्य दृष्टिसहित भित्री हेर्ने सोँच तथा दृष्टिकोणमा पनि ख्याल गर्नुपर्ने बताउनुभयो । उहाँले फरक क्षमता भएका बिद्यार्थीहरुको व्यावस्थापन निकै चुनौतिपूर्ण रहेका स्मरण गर्दै आँखा जाँचको सुविधा प्रदान गर्ने नेत्र ज्योति संघ र बिद्यालयलाई धन्यवाद दिनुभयो ।

रेसुंगा नगरपालिका ९ का वडाध्यक्ष कृष्ण पाण्डेले बिद्यार्थीहरुको संवेदनशिलतालाई बुझेर पटकपटक संघले आँखा परीक्षण र उपचारको क्षेत्रमा खेलेको भूमिकाको प्रसंसा गर्नुभयो । कार्यक्रम बिद्यालयका प्रध्यानाध्यापक, शिक्षक, नेत्रज्योति संघ आँखा उपचार केन्द्रका प्रमुख बिज्ञान भुसालसहित कर्मचारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सहसचिव कृष्ण प्रसाद पोख्रेलले गर्नुभएको थियो ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया