गुल्मीका मित्रलाल नेपालीले पहिलो प्रयासमै गरे ‘चुलु हिमाल’को सफल आरोहण



Live Gulmi


बिमल सुनार, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका–३, हर्दिनेटा धरमपानीका मित्रलाल नेपालीले ६ हजार ३८ मिटर उचाइको चुलु हिमाल पहिलो प्रयासमै सफलतापूर्वक आरोहण गरेका छन्।

सशस्त्र प्रहरी बल नेपालमा विगत आठ वर्षदेखि कार्यरत नेपालीले २०८३ कात्तिक ३० गते बिहान ६ बजेर १० मिनेटमा ४६ सदस्यीय टोलीसहित हिमालको चुचुरोमा पाइला टेकेका हुन्।

सशस्त्र प्रहरी बलको एड्भान्स माउन्टेन रेस्क्यु (उन्नत पर्वतीय उद्धार) तालिमअन्तर्गत गएको टोलीले कठिन चुनौती पार गर्दै आरोहण सफल बनाएको हो। आरोहणका क्रममा कडा हुरीबतास र हिमपातको सामना गर्दै करिब ९ देखि १० घण्टाको निरन्तर प्रयासपछि टोली शिखरमा पुगेको थियो।

प्रतिकूल मौसम र चुनौतीपूर्ण भूगोलका बाबजुद टोलीका सदस्यबीचको आपसी सहयोग, साथ र दृढ मनोबलले आरोहण सफल भएको नेपालीले बताए।

( Jeevan rajan

उनले सेवाको समय र अनुकूलता मिलाएर आगामी दिनमा अन्य हिमालहरूको समेत सफल आरोहण गर्ने योजना रहेको बताएका छन्।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया

[publishpress_authors_box]