गुल्मी । तुफान परिकल्पना युवा क्लव मुसिकोट नगरपालिका २ को आयोजनामा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । १४ समुह सहभागी भलिवल प्रतियोगीातमा प्रथम निस्ती रीभर साइड मुसिकोट भएको छ । जसले नगद ३० हजार रुपियाँ, कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै आयोजक तुफान परिकल्पना युवा क्लव उपबिजेता भएर नगद २० हजा।कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
कार्यक्रममा मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेर जीवनले उत्कृष्ट समुह र खेलाडीलाई सम्मान तथा पुरस्कार वितरण गर्नुभएको थियो । उहाँले खेल क्षेत्रको विकाससंगै स्थानीय कलासंस्कृति संरक्षणको क्षेत्रमा क्लवले खेलेको भूमिकाको उच्च प्रसंसा गर्नुभयो । उहाँले कार्यक्रमको लागि स्वदेश तथा परदेशबाट सहयोग गर्ने सहयोग दाताहरुलाई सम्मान गर्नुभएको थियो ।
त्यस्तै लोक तथा दोहोरी गायक पुस्कल शर्मा र कोपिला न्यौपानेको बजोड सांगीतिक प्रस्तुतीसहित रेकर्ड डान्स प्रतियोगीता सञ्चालन गरिएको तुफान परिकल्पना युवा क्लवका अध्यक्ष महेन्द्र घिमिरेले जानकारी दिनुभयो । उहाँले हरेक बर्ष तीज तथा दसै र तिहारको अवसरमा खेलकुल एवंम सांस्कृतिक कार्यक्रम गर्दै आएको बताउनुभयो । घिमिरले कार्यक्रम सम्पन्न गर्न आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने सवैलाई आभार व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन शिक्षक बिष्णु आचार्य चकितले गर्नुभएको थियो ।








