इस्माको खुल्ला वडास्तरीय महिला भलिवलमा प्रगतिशील युवा क्लब प्रथम



टाेपलाल अर्याल


गुल्मी । इस्मारजस्थल प्रगतिशील युवा क्लबको १९ औँ वार्षिकोत्सवको अवसरमा सञ्चालन भएको खुल्ला वडा स्तरीय महिला भलिवल प्रतियोगितामा आयोजक इस्मारजस्थल प्रगतिशील युवा क्लब प्रथम भएको छ ।

गाउँपालिका वडा स्तरीय पुरूष भेट्रान्स भलिवलमा समेत आयोजक प्रथम भएको थियो । महिला भलिवल प्रतियोगीतामा ५ समुहले प्रतिस्प्रर्धा गरेका थिए । जसमा प्रथम इस्मारजस्थल प्रगतिशील युवा क्लब, द्वितीय रोयल वाग्ला धुर्कोट गाउँपालिका-७ र तृतीय तिखेचुली युवा क्लब गुल्मीदरबार भएको क्लवका सचिव सन्तोष थापाले जानकारी दिए ।

शनिबार गाउँपालिका स्तरिय खुल्ला पुरुष भलिवल हुँदैछ । महिला भलिवलमा प्रथम, द्धितिय र तृतियले क्रमश : ४०, ३० र २० हजार रुपियाँ नगद कप मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । इस्मा गाउँपालिका ५ का वडाध्यक्ष झविन्द्र अर्याल र क्लवका अध्यक्ष राजु थापा लगायतले उत्कृष्ट समुह र खेलाडीलाई सम्मान गरेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया