इस्मामा खुला भलिबल र रेशम निर्दोषको लाइभ दोहोरी हुँदै



टाेपलाल अर्याल


गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–५ दरिनदुङ्गा चौपारीमा खुला वडा स्तरीय भलिबल तथा राष्ट्रिय लोक दोहोरी गायक रेशम निर्दोष र सुजता सुजल लगायतको लाइभ दोहोरी हुने भएको छ । ‘खेलौँ भलिबल, घुमौँ इस्माकोट’ भन्ने नारासहित इस्मा रजस्थल प्रगतिशील युवा क्लबले खुला वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरेको छ ।

आगामी असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म प्रतियोगितासहित विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने क्लबका सचीव सन्तोष थापाले जानकारी दिए । प्रतियोगितामा खुला वडा स्तरीय पुरुष भलिबल, खुला वडा स्तरीय महिला भलिबल तथा इस्मा गाउँपालिका वडा स्तरीय पुरुष भेट्रान भलिबल प्रतियोगिता सञ्चालन हुनेछन् ।

खुला वडा स्तरीय पुरुष भलिबलतर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः ६० हजार, ४० हजार र २५ हजार तथा महिला भलिबलतर्फ ४० हजार, ३० हजार र २० हजार पुरस्कारको व्यवस्था गरिएको थापाले बताए । पुरुष भेट्रानतर्फ प्रथमलाई २० हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई  १० हजार पुरस्कार प्रदान गरिनेछ । विजेतालाई कप, मेडल तथा प्रमाणपत्रसमेत प्रदान गरिनेछ ।

भलिबल प्रतियोगितासँगै रस्साकस्सी तथा सटपुट प्रतियोगिता पनि आयोजना गरिएको क्लबले जनाएको छ । कार्यक्रमको मुख्य आकर्षणका रूपमा राष्ट्रिय लोकदोहोरी गायक रेशम निर्दोष र सुजता सुजल, भुवन जिसीको लाइभ दोहोरी प्रस्तुति समेत रहनेछ । खेलकुदसँगै लोकसंगीत र सांस्कृतिक कार्यक्रममार्फत इस्माको पर्यटन तथा स्थानीय कला–संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको क्लव अध्यक्ष राजु थापाले बताए ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया