प्रथम गुल्मीदरबार स्तरीय कराँते प्रतियोगिता हुँदै



टाेपलाल अर्याल


गुल्मी । प्रथम गुल्मीदरबार गाउँपालिका स्तरीय कराँते प्रतियोगिता हुने भएको छ । आगामी असोज २३ र २४ गते गुल्मीदरबार गाउँपालिका–३ को गौडाकोटमा प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा गुल्मीदरबार गाउँपालिका वडा नं. १ बलिथुममा रहेको थाक्सीपोखरा मावि, वडा नं. २ जुभुङ्गको सूर्योदय मावि र महाकाली आधारभूत विद्यालय सहभागी हुनेछन् । त्यस्तै वडा नं. ३ गौडाकोटको म्यालपोखरी मावि, वडा नं. ४ वीरबासको रुन्खादह मावि, वडा नं. ५ अमरअर्वाथोकको शारदा माविका गरी करिब १५० भन्दा बढी खेलाडीहरूको प्रतियोगितामा सहभागिता हुने गुल्मीदरबार गाउँपालिकाका खेल प्रशिक्षक सागर सोमैले जानकारी दिए ।

प्रतियोगितामा मेडलको आधारमा प्रथम, द्वितीय र तृतीय हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । खेलको माध्यमबाट शारीरिक तथा मानसिक विकास गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रशिक्षक सोमैले बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया