इस्मा हस्तिचौरमा चौथो सनराइज तथा सांस्कृतिक कार्यक्रम हुँदै



Live Gulmi


गुल्मी । इस्मा गाउँपालिका–१ हस्तीचौरमा चौथो सनराइज कप वडा स्तरीय भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ।

न्यु सनराइज युवा क्लबको आयोजनामा विजयादशमीको अवसर पारेर असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो। उजुङ मैदानस्थित जालापा मन्दिर परिसरमा कार्यक्रम हुने आयोजकले जनाएको छ।

भलिबल प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उक्त पुरस्कारको सौजन्य कृष्ण बीसी (हाल दक्षिण कोरिया) ले गरेका छन्। दोस्रो हुने टिमले १५ हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो पुरस्कारको सौजन्य जालापा कृषक आमा समूह, उजुङले गरेको छ।

प्रतियोगिता टिटी सिस्टममा खेलाइने आयोजकले जनाएको छ। एक टिममा अफिसियलसहित १० जना खेलाडी सहभागी हुनुपर्नेछ। खेलका क्रममा विवाद उत्पन्न भएमा आयोजकको निर्णय अन्तिम हुने बताइएको छ।

( Jeevan rajan

टिम दर्ता शुल्क १ हजार ५ सय रुपैयाँ तोकिएको छ। टिम दर्ताको अन्तिम मिति असोज ३१ गते बिहान ८ बजेसम्म रहेको छ। प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, घैँटोफोर र कुर्सी दौडलगायतका विधामा समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। ती विधागत पुरस्कारको सौजन्य रिलायबल लाइफ इन्स्योरेन्स तम्घासकी एजेन्सी म्यानेजर जुनु रायमाझीले गर्नेछिन्।
कात्तिक २ गते राष्ट्रिय कलाकारहरूको प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने भएको छ। सांस्कृतिक कार्यक्रममा श्याम राना, हरि खत्री र सीमा नेपालीलगायतका कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ।

क्लबले प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रममा खेलप्रेमी, आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण स्थानीयलाई उपस्थितिका लागि आग्रह गरेको छ।

टिम दर्ता तथा थप जानकारीका लागि क्लबका अध्यक्ष विक्रम सुनार (९८५७०८९९८६), सचिव माया खत्री (९८६६१३७१४६) र कोषाध्यक्ष गोविन्द विश्वकर्मा (९८४४५४२०७५) मा सम्पर्क गर्न सकिनेछ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया