गुल्मीदरबारका १४ विद्यालयमा साथी शिक्षा कार्यक्रम विस्तार



टाेपलाल अर्याल


गुल्मी । गुल्मीदरबार गाउँपालिका स्वास्थ्य शाखाको साथी शिक्षा कार्यक्रम १४ विद्यालयमा बिस्तार भएको छ । गाउँपालिकाभित्रका माध्यमिक तथा निम्न माध्यमिक तहका १४ वटा विद्यालयमा सञ्चालन भइरहेको साथी शिक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रत्येक विद्यालयबाट २/२ जना साथी शिक्षकका लागि दुईदिने प्रशिक्षक प्रशिक्षण दिइएको छ ।

किशोरकिशोरीहरूले आफ्ना उमेरसँग सम्बन्धित शारीरिक तथा मानसिक परिवर्तन, सामाजिक व्यवहार र संवेगात्मक उतारचढावका विषयमा सहज रूपमा आफ्ना साथीहरूसँग कुरा गर्न सक्ने वातावरण निर्माण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ। कार्यक्रमको सहजीकरण  गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले गर्नु भएको थियो ।

किशोरावस्थामा उत्पन्न हुने विभिन्न जिज्ञासा तथा समस्याका विषयमा विद्यार्थीहरूले अभिभावक वा शिक्षकभन्दा आफ्ना साथीहरूसँग सहज रूपमा कुरा गर्ने भएकाले साथी मार्फत स्वास्थ्य सम्बन्धी सही सूचना र सकारात्मक व्यवहार प्रवर्द्धन गर्न साथी शिक्षा प्रभावकारी माध्यम बन्न सक्ने अर्यालले बताउनुभयो।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया