गुल्मी । रेसुङ्गा भजन साँझको नयाँ कार्यसमिति गठन भएको छ । नव चयन भएका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।
नयाँ कार्यसमितिको अध्यक्षमा सुभाष न्यौपाने, उपाध्यक्षमा कृष्ण पाण्डे, सचिवमा युवराज मरासिनी, सह–सचिवमा विष्णु पन्थी, कोषाध्यक्षमा महेन्द्र पोख्रेल र सह–कोषाध्यक्षमा सन्तोष पाण्डे चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा विष्णु के.सी., सन्तोष न्यौपाने, रामप्रसाद पन्थी, सन्दिप अर्याल, गान्दिप पौडेल, दिनेश बस्नेत र बामदेव गिरी चयन भएका छन् ।
त्यसैगरी वरिष्ठ सल्लाहकारमा निशेष श्रेष्ठ र बिबेक पन्थी रहेका छन् । यसरी पदाधिकारी, सदस्य तथा वरिष्ठ सल्लाहकारसहित रेसुङ्गा भजन साँझको १३ सदस्यीय कार्यसमिति गठन भएको छ ।









