गुल्मी जिल्ला उसु संघको तदर्थ समिति गठन



Live Gulmi


गुल्मी । गुल्मीमा गुल्मी जिल्ला उसु संघको तदर्थ समिति गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत नेपाल उसु महासंघको शाखाका रुपमा गुल्मी जिल्ला उसु संघको तदर्थ समिति गठन गरिएको हो ।

जसको अध्यक्ष तेजबहादुर पल्ली, उपाध्यक्ष देवेन्द्र सुनार, सचिव सुनिल बस्नेत, कोषाध्यक्ष यम बलाल र सदस्यहरुमा करुणा श्रेष्ठ, दिलमाया कुँवर, कल्पना केसी, कृष्णबहादुर खत्री र मेखबहादुर राना रहेका छन् ।

अध्यक्ष तेजबहादुर पल्ली उसु खेलका अन्तर्राष्ट्रिय खेलाडी, राष्ट्रिय प्रशिक्षक र राष्ट्रिय निर्णायक हुन् ।

तदर्थ समिति गठन जिल्ला खेलकुद विकास समितिको कार्यालय तम्घासमा भएको हो । उक्त कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य महेश काउछा प्रमुख अतिथि रहेका थिए । साथै नेपाल उसु संघ लुम्बिनी प्रदेशका अध्यक्ष धर्मेन्द्र शाक्य कार्यक्रममा अध्यक्षका रुपमा रहेका रहेका थिए ।

( Jeevan rajan

तदर्थ समितिले पहिलो अधिवेशन मार्फत नयाँ समिति गठन गर्नेछ । त्यतिबेलासम्म तदर्थ समितिले जिम्मेवारी सम्हाल्नेछ । तदर्थ समितिमा रहेका अध्यक्षसहितका पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो ।

नेपाल उसु संघ लुम्बिनी प्रदेशका अध्यक्ष धर्मेन्द्र शाक्यले उसु खेलको बारेमा सहभागीलाई जानकारी गराएका थिए । उनले चीनबाट विकसित भएको मार्सल आर्ट नै उसु खेल रहेको बताए । जसमा लडाइँका प्रविधि, शक्ति, सन्तुलन र कलात्मक प्रदर्शन सबै समेटिने उनले बताए । उसु दुई प्रकारका हुने जसमा पहिलो सान्दा अन्तर्गत दुई खेलाडीबीच प्रत्यक्ष प्रतिस्पर्धा हुन्छ । मुक्का, किक, थ्रो आदि प्रयोग गरिन्छ । यो बढी फाइटिङ जस्तो हुने शाक्यले बताए ।

दोस्रोमा ताउलु अन्तर्गत एकल खेलाडीले निश्चित शैलीका चाल, किक, जम्प, हातका प्रविधि र हतियारका प्रदर्शन हुन्छ । निर्णायकले प्रविधि, सन्तुलन, कठिनाइ र प्रदर्शनका आधारमा अंक दिने शाक्यले बताए ।

लुम्बिनी प्रदेश शाक्यले उसु भनेको कराँते जस्तै मार्सल आर्ट रहेको जसमा फाइटिङ र प्रदर्शन दुवै विधा हुने बताए । कार्यक्रमको सहजीकरण खेलका शुभेच्छुक गुणाखर पाण्डेले गरेका थिए ।

 

 

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया