गुल्मेली समाज जापानको नयाँ कार्यसमिति चयन



टाेपलाल अर्याल


गुल्मी । गुल्मेली समाज जापानको छैठौ महाधिवेशनबाट कृष्णप्रसाद पोख्रेलको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । यो कार्यसमिति कार्यकाल दुई बर्षको हुनेछ । संस्थाको उपाध्यक्षमा लक्ष्मण बस्नेत, निर्मल शर्मा, प्रिन्सेस खरेल र मदन भण्डारी निर्वाचित हुनु भएको छ ।

महासचिव दिलीप थापा,उप–महासचिवमा दिपेन्द्र केसी, सचिवमा निर्मल सिंह जिसी, उज्जल पहराई र गोपाल काफ्ले रहनु भएको छ । त्यस्तै कोषाध्यक्षमा यम घर्ती, सह–कोषाध्यक्षमा लालबाबु कार्की र सुभाष परियार चयन भएको गुल्मेली समाज जापानका महासचिव दिलिप थापाले जानकारी दिनुभयो ।

त्यस्तै महाधिवेशनले युवा संयोजकमा निरज कार्कीलाई चयन गरेको छ । थापाका अनुसार कार्यसमिति सदस्यहरुमा लेख बहादुर थापा, शंकर बस्नेत, सुरज केसी कुवँर, सुजन केसी, देव सापकोटा, रामप्रसाद खरेल, यादव कँडेल, शोभाखर न्यौपाने, जीवलाल न्यौपाने, जीवन पाण्डेय, अर्जुन ज्ञवाली, रोशन गौतम, यमु पछाईँ, विशाल क्षेत्री, बिरु गुरुङ्ग, सरोज काउछा, सरोज खरेल र सुरज गिरी रहनु भएको छ ।

प्रमुख अतिथि गुल्मेली समाज जापानका संस्थापक अध्यक्ष बाबुराम भण्डारीले नयाँ कार्यसमितिले सवैको भावना अनुसार सामाजिक काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संस्था स्थापनादेखि अहिलेसम्म धेरै जनाको योगदान रहेकाले संस्थाको हितमा सवैसंग सहयोग सद्भाव र सहकार्य गर्न कार्यसमितिलाई आग्रह गर्नुभयो ।

( Jeevan rajan

समाजका निवर्तमान अध्यक्ष महेन्द्र कुमार अधिकारीले संस्थालाई हरेक गुल्मेलीको मनमा रहने गरेर अगाडी बढाउन नयाँ नेतृत्वलाई आग्रह गर्नुभयो । उहाँले प्रवासमा व्यक्तिगत जीवनबाट माथि उठेर संस्थागत रुपमा सामाजिक काम गर्न चुनौतिहरु पनि रहेकाले योजना र सङ्कल्प अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया