ठुलानका उत्कृष्ट स्वास्थ्यकर्मी र स्वयंसेविका सम्मानित



टाेपलाल अर्याल


गुल्मी । समुदायको स्वास्थ्य सुरक्षामा अहोरात्र खटिने ठुलान आधारभूत स्वास्थ्य सेवा केन्द्र गुल्मीदरवार ६ चिनियापोखरीले उत्कृष्ट स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयसेविकालाई सम्मान गरेको छ । उत्कृष्ट स्वास्थ्यकर्मी तर्फ अहेव सरस्वती कण्डेल तथा उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका शकुन्तला शाहलाई सम्मान गरेको हो ।

उनीहरुलाई खादा, सम्मानपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । समुदाय स्तरमा स्वास्थ्य क्षेत्रको विकासको लागि दुई जनाले खेलेको भूमिकाको स्वास्थ्य सेवा केन्द्र व्यवस्थापन समितिका अध्यक्ष मुकेश थापा तथा गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद अर्यालले प्रसंसा गर्नुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य सोनुदेवी कार्की, व्यवस्थापन समितिका पदाधिकारीहरू, स्वास्थ्यकर्मीहरू तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो।

सम्मान कार्यक्रममा स्वागत मन्तब्य अनमी नेहा बस्नेतले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन स्वास्थ्य सेवा केन्द्र प्रमुख उषा शाहले गर्नुभएको थियो।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया