गुल्मीमा स्वास्थ्य कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समिक्षा सुरु



सन्तोष महतारा


गुल्मी । गुल्मीमा स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समिक्षा सुरु भएको छ । रेसुङ्गा नगरपालिका गुल्मीको आतिथ्यता तथा स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा रेसुङ्गा नगरपालिकाकाे सभाहलमा दुई दिने जिल्ला स्तरीय वार्षिक समिक्षा आइतबारदेखि सुरु भएको हो ।

आइतबार र साेमबार दुईदिन सम्म चल्ने समिक्षा गाेष्ठीकाे जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्राेणबहादुर खत्रीले उद्घाटन गरेका छन् । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुले वर्षभरमा आफ्नो पालिकाबाट भएका गतिविधिसहितको प्रस्तुति समिक्षा गाेष्ठीमा प्रस्तुत गर्नेछन् । स्वास्थ्यकाे क्षेत्रमा जिल्लाकाे वास्तविक अवस्थाकाे पहिचान गर्न, नमुना कार्यकाे अनुसरण गर्न, स्वास्थ्यमा रहेका समस्याकाे पहिचान गर्न, समस्याको समाधानका लागि सामुहिक पहल गर्न र आगामी दिन कार्यक्रममा सुदृढीकरण गरेर अगाडि बढ्नका लागि स्वास्थ्य कार्यालयकाे आयोजनामा जिल्लाका सबै स्वास्थ्य कार्यक्रमकाे वार्षिक समिक्षा गाेष्ठी सुरु गरिएको हो ।

Jeewan and Rajan Tailors

समिक्षा गाेष्ठीकाे उद्घाटन सत्रकाे कार्यक्रममा मन्तव्य राख्दै गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले समिक्षा गाेष्ठीले प्रभावकारी कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्‍याउने बताए । उनलेे समिक्षामा आएका सकारात्मक पक्षलाई आगामी दिनमा पनि निरन्तरता दिने र कमजोर पक्षलाई सुधार गरेर अगाडि बढ्नुपर्ने भन्दै दिगो विकासका लक्ष्यहरुमा स्वास्थ्य क्षेत्रकाे गुणस्तरीय विकासले पनि यसलाई टेवा पुर्‍याउने बताएका छन् ।

The Star Family Restaurant

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले स्वास्थ्य क्षेत्रकाे विकासका लागि संख्याकाे गणना भन्दा पनि गुणस्तरीय सेवा प्रवाहमा जाेड दिनुपर्ने बताए । अस्पतालकाे संख्या बढेर मात्र स्वास्थ्यमा फड्को नहुने भन्दै भएका स्राेत र साधनबाट गुणस्तरीय सेवा दिनुपर्ने उनलेे बताए । नगरप्रमुख पन्थीले रेसुङ्गा नगरपालिकाकाे पहलमा गुल्मी अस्पतालमा हाडजोर्नी सेवा, मृगौला डायलाईसिस सेवा, ओपिडी सेवाकाे बिहानैदेखि सेवा, आइसियुका लागि पहल र निर्माणाधीन गुल्मी अस्पतालकाे ढिलासुस्तीमा पनि आफूहरूले चासो दिएर छिट्टै निर्माण सम्पन्न गर्न पहल गरिरहेको बताएका थिए । उनलेे समिक्षा गाेष्ठीले आगामी दिनका कार्यक्रम थप प्रभावकारी ढंगले कार्यान्वयन हुने अपेक्षा गरेको बताएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्राेणबहादुर खत्रीले स्वास्थ्य क्षेत्रकाे विकास विगतका वर्षको समिक्षा र आगामी वर्षको कार्ययाेजना सम्बन्धी छलफल हुनु आवश्यक रहेको बताए । उनले समिक्षा गाेष्ठीमा सक्रिय सहभागीताका लागि सहभागीलाई अनुरोध गर्दै दुई दिने समिक्षापछि आगामी दिनमा सुधार गर्नुपर्ने समस्याकाे पनि पहिचान हुनेभएकोले समिक्षा पश्चात् थप प्रभावकारी कार्यक्रम तय गर्नुपर्ने बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्राेणबहादुर खत्रीले पछिल्लो समय सर्ने भन्दा पनि नसर्ने राेग सहरबाट गाउँ तर्फ बढ्दाे क्रममा रहेकाेले ग्रामीण भेगमा सचेतनाका कार्यक्रम हुनु आवश्यक रहेको बताएका थिए ।

समिक्षा कार्यक्रम आइतबार र साेमबार दुईदिनसम्म चल्नेछ । उद्घाटन सत्रकाे कार्यक्रमपछि जिल्लाका सबै स्वास्थ्य कार्यक्रमकाे प्रस्तुतिकरण, टिप्पणी र समिक्षा हुनेछ । त्यसपछि समग्र समिक्षापछि दुईदिने गाेष्ठी समापन हुनेछ । यसअघिका दुई आर्थिक वर्षका स्वास्थ्य कार्यक्रमकाे वार्षिक समिक्षा गाेष्ठी क्रमशः सत्यवती गाउँपालिकाकाे भार्से र छत्रकाेट गाउँपालिकाकाे चाेयगाकाे सम्पन्न भएको थियो । यसपटकको समिक्षा जिल्ला सदरमुकामस्थित रेसुङ्गा नगरपालिकाकाे तम्घासमा सुरु भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया