रेसुङ्गा नगरद्वारा ३.२ जिपिए ल्याउने दुई सय बढी विद्यार्थीलाई २६ लाख छात्रवृत्ति प्रदान 



सुमन महतारा


गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले गत आर्थिक बर्षमा ३.२ जिपिए लिएर नगरपालिका भित्रका सामुदायिक बिद्यालयमा पढ्ने दुई सय सत्र जना बिद्यार्थीलाई छात्रवृत्ति दिएको छ । नगरपालिकाले नगरपालिका भित्रको बिद्यार्थी र उसले नगर भित्रकै सामुदायिक बिद्यालयमा पढ्छ भने उसलाई मासिक हजार रुपैयाँ दिने निर्णय नगरपालिकाले गरेको थियो ।

३.२ जिपिए लिएको बिद्यार्थीलाई मासिक हजारका दरले प्रति बिद्यार्थी बार्षिक १२ हजार उपलब्ध गराइएको रेसुङ्गा नगरपालिका शिक्षा शाखा प्रमुख पिताम्बर पन्थीले बताए । उनले २१७ जना ३.२ जिपिए ल्याउने बिद्यार्थीलाई मासिक हजारका दरले छब्बीस लाख ४ हजार हजार रुपैयाँ बिद्यार्थीकाे खातामा उपलब्ध गराइएको जानकारी दिएका छन् ।  नगरपालिकाले बिद्यार्थीकाे आकर्षण बढाउन र रेसुङ्गालाइ शिक्षा क्षेत्रकाे हव बनाउँनका लागि देशको जुनसुकै ठाउँकाे बिद्यार्थी एसईइ र एघारा कक्षामा ३.२ जिपिए लिएर नगरपालिका भित्रकाे जुनसुकै सामुदायिक बिद्यालयमा पढ्ने चाहाना राख्याे भने उसलाई पनि मासिक हजार रुपैयाँका दरले छात्रवृत्ति उपलब्धि गराइने रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले बताए ।  उनले गत आर्थिक बर्षमा नगरपालिकाका बिद्यार्थीलाई मात्र याे छात्रवृत्ति उपलब्ध गराइन्थ्याे भने अब यसकाे दायरा बढाएर एसइइ मा देशको जुनसुकै ठाउँबाट पनि ३.२ जिपिए लिएर नगरकाे जुनसुकै बिद्यालयमा पढ्न चाहन्छ भने उसलाई पनि उपलब्ध गराउने जानकारी दिएका छन् । नगरपालिकाले एसईइमा ३.२ जिपिए ल्याउने १५४ जना र एघारा कक्षामा ३.२ जिपिए ल्याउने ६३ गरि दुई सय सत्र जना बिद्यार्थीलाई छब्बीस लाख ४ हजार छात्रवृत्ति उपलब्ध गराएको हाे ।

Jeewan and Rajan Tailors

नगरपालिकाले शिक्षा क्षेत्रमा अन्य महत्त्वपूर्ण कार्यहरु गरेको छ । जिल्लाकै सबैलाई ठुलो क्याम्पस रेसुङ्गा बहुमुखी क्याम्पस सञ्चालनका लागि अत्यन्तै कठिन परिस्थितिमा नगरपालिकाले एक कराेड रकम उपलब्ध गराएको हाे । साथै क्याम्पसकाे स्नातक तह प्रथम बर्षमा भर्ना हुने बिद्यार्थीकाे शुल्क पनि नगरपालिकाले तिरिदिने निर्णय समेत नगरपालिकाले गरेको छ ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया