धनिश्वर गौतमको नेतृत्वमा नेपाल निर्माण उद्योग परिषद् गुल्मी गठन



सन्तोष महतारा


गुल्मी । गुल्मीमा निर्माण व्यवसायी धनिश्वर गौतमको नेतृत्वमा नेपाल निर्माण उद्योग परिषद् गुल्मी गठन भएको छ । तम्घासमा बसेको निर्माण व्यवसायीको प्रथम भेलाले निर्माण व्यवसायी गौतमको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति गुल्मी गठन गरेको हो । नेकपा एमाले निकट निर्माण व्यवसायीले निर्माण व्यवसायीहरु संगठित हुने, निर्माणका काम गुणस्तरीय गर्ने, समस्यालाई साझा समस्याका रुपमा लिएर समाधान गर्ने, काम गराउने तर भुक्तानी नदिने कार्यालयहरुको परिपाटी  अन्त्य गर्न पहल तथा प्रयत्न गर्ने लगायतका कामका लागि आफूहरु एकतावद्ध भएको नेपाल निर्माण उद्योग परिषद् गुल्मीका नवनिर्वाचित अध्यक्ष धनिश्वर गौतमले बताए । कार्यसमितिको उपाध्यक्षमा नारायण खत्री, सचिवमा अनुप लाखे र कोषाध्यक्षमा लोकनाथ भण्डारी निर्वाचित भएका छन् । साथै सदस्यहरुमा रामजी ढकाल, टिका बुढाथोकी, अनुप श्रेष्ठ, हिमाल पन्त, तुल्सी रायमाझी, ओमबहादुर केसी, तेजेन्द्र पौडेल, बिष्णु भण्डारी, माधव बिष्ट, राजु पाण्डे र बिरबहादुर कार्कीसहित १५ सदस्यीय समिति गठन भएको हो । निर्माण व्यवसायका क्षेत्र देखा परे समस्या समाधान गर्ने उदेश्यले समिति गठन गरिएको निर्माण व्यवसायी महासंघ गुल्मीका अध्यक्ष नारायण पोखरेलले बताए । पछिल्लो समय निर्माण व्यवसायका क्षेत्रमा व्यवसायीले काम गरेको भुक्तानी नपाउने लगायतका समस्याहरु देखा परेका छन् । निर्माण व्यवसायलाई मर्यादित बनाउँदै व्यवसायिक हक हितको लागि काम गर्ने संगठनले जनाएको छ । संस्थामा हाल एक सय ५० जना सदस्य आवद्ध रहेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया