गुल्मीमा सडक बालबालिका पहिचान गरिने, परिवारसँग छलफल गर्ने तयारी



सुमन महतारा


गुल्मी । गुल्मीका सराेकारवलाले सडक बालबालिका प्रति चासो देखाएका छन् । बुधबार नगरपालिकाका मेयर खिलध्वज पन्थीकाे कार्यकक्षमा मेयरकै अध्यक्षतामा जिल्ला समन्वय प्रमुख ,नगरपालिका उपमेयर ,प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख ,शिक्षा समन्वय इकाई प्रमुख ,प्रमुख प्रशासकीय अधिकृत लगाएतकाे उपस्थितिमा सडक बालबालिकाकाे बिषयमा छलफल भएको छ ।

गुल्मी जिल्लाभित्रका अभिभावक विहीन र अभिभावक भएका  सडक बालबालिकाको पहिचान गरी उचित व्यवस्थापन गर्ने नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए । पहिले पनि बालबालिका पहिचान गरि हाेस्टल समेत राखिएको तर पछि केही बालबालिका बाहिर निस्किएको र अरु पनि थपिएका वास्तविक सडक बालबालिकाको पहिचान गर्ने र पहिचानपछि ६ गते १ बजे सडक बालबालिका र उनको अभिभावक संग छलफल गरि उनीहरूको उचित व्यवस्थापन गर्नका लागि योजना बनाइने उनलेे बताए । जिल्लाभित्रका बालबालिकाहरूको जिल्लामै उचित व्यवस्थापन गरिने र अन्य जिल्लाका रहेछन् भने सम्बन्धित जिल्लासँग समन्वय गरेर अगाडि बढ्ने पन्थीले बताए ।

Jeewan and Rajan Tailors

पहिचानका लागि कार्यदल नै गठन गरिएको छ ।  सडक बालबालिकाहरूको पहिचान गर्न र तथ्यांक निकाल्नका लागि नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कृष्णप्रसाद पाण्डेकाे संयाेजनमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ । जसको सदस्यहरूमा वडा नम्बर ८ का वडा अध्यक्ष निरन्जन काउछा, जिल्ला समन्वय समिति गुल्मीबाट सिर्जना मिश्र,रेसुंगा नगरपालिकाबाट पिताबर पन्थी ‚ जिल्ला प्रशासन कार्यालय गुल्मीबाट तारानाथ फुल्देल, जिल्ला प्रहरी कार्यालय गुल्मीबाट रामकुमार केसी,शिक्षा समन्वय इकाईबाट अमर केसि  माधवराज खरेल कार्यदलमा रहेका छन्।

The Star Family Restaurant

सडक बालबालिकाको पहिचान गर्नका लागि र उनको परिवार संग छलफल गरि निचोडमा निकाल्नका लागि सबैको उल्लेखनीय सहयोग रहने  समन्वय प्रमुख द्रोण खत्रीले जानकारी दिए। कार्यदलले आज देखि नै पहिचान कार्यहरूकाे सुरुवात गरिएको नगरपालिका शिक्षा शाखा प्रमुख पिताम्बर पन्थीले बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया