रुरुक्षेत्र गाउँपालिकामा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण



सुमन महतारा


गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका परिवारलाई लालपुर्जा वितरण गरिएको छ। गाउँपालिकाका अध्यक्ष युद्घ ज्ञवालीका अनुसार पहिलो चरणमा १५ जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा हस्तान्तरण गरिएको हो।

भूमि समस्या समाधान आयोग गुल्मीका विज्ञ सदस्य पूर्ण के.सी.ले अब क्रमशः अन्य अव्यवस्थित बसोबासीलाई समेत लालपुर्जा वितरण गरिँदै जाने जानकारी दिनुभयो। उहाँका अनुसार भूमिहीन तथा अव्यवस्थित बसोबासीको स्थायी समाधानका लागि आयोग प्रतिबद्ध रहेको छ।

रुरुक्षेत्र गाउँपालिकाको आयोजना तथा भूमि समस्या समाधान आयोग गुल्मीको समन्वयमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका भूमि तथा व्यवस्था मन्त्री दिनेश पन्थी, आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, विज्ञ सदस्य डा. जगत बहादुर वस्नेत, विज्ञ सदस्य टेक बहादुर शाह, भूमि समस्या समाधान आयोग गुल्मीका अध्यक्ष कृष्ण सुनार, विज्ञ सदस्य पूर्ण के.सी., महिला सदस्य शान्ता पोख्रेल, सदस्य छविलाल पाण्डे तथा सदस्य सचिव जनकराज जोशी लगायतको उपस्थिति रहेको थियाे ।

आयोगले यसअघि गुल्मीको छत्रकोट गाउँपालिकामा लालपुर्जा वितरण गरिसकेको र अब रेसुङ्गा नगरपालिका तथा मदाने गाउँपालिकामा पनि वितरणको चरणमा पुगेको जनाएको छ ।लालपुर्जा प्राप्त गरेपछि स्थानीय अव्यवस्थित बसोबासीहरूमा खुसी छाएको छ भने यसले उनीहरूको दीर्घकालीन बसोबास र आर्थिक–सामाजिक सुरक्षामा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया