छत्रकोट सम्पर्क समाजद्वारा एडमण्ड सिटी अस्पतालमा रक्तदान कार्यक्रम, ३५ युनिट रगत संकलन



सुमन महतारा


गुल्मी । गुल्मीजिल्ला छत्रकाेट सम्पर्क समाजद्वारा एडमण्ड सिटी अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जम्मा ३५ युनिट रगत संकलन गरिएको आयोजकले जनाएको छ ।

सोही अवसरमा एडमण्ड सिटी अस्पताल र छत्रकोट सम्पर्क समाजबीच आपसी सहकार्यका लागि सम्झौता पत्रमा हस्ताक्षर समेत गरिएको छ। उक्त सम्झौताले भविष्यमा स्वास्थ्य सेवा तथा सामाजिक कार्यमा सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।

कार्यक्रमका अध्यक्ष छत्रकोट सम्पर्क समाजका अध्यक्ष विष्णु प्रसाद पन्त रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि छत्रकोट गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले समाजले अत्यन्तै क्रियाशील भएर सामाजिक कामहरु गरेको बताए । उनले यस्तै संघ संस्था सक्रिय भएको खण्डमा नागरिकलाई सहजता दिन सकिने जानकारी दिएका छन् ।

कार्यक्रममा  एडमण्ड सिटी अस्पतालका अध्यक्ष प्रकाश रानाकाे उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन रमेश सितौलाले गर्नुभएको थियो भने रक्तदान कार्यक्रमको संयोजन ईश्वरी पौडेलले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय समाजसेवी, युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया