रामचन्द्र चन्द विशेष सांगीतिक साँझ हुने



अनिल खत्री


गुल्मी । गायक रामचन्द्र चन्दले विशेष सांगीतिक साँझ कार्यक्रम गर्ने भएका छन् । ‘संस्कृतिका लागि श्रष्टाका लागि’, ‘रोग बाड्न सकिन्न दुःख बाड्न सकिन्छ’ भन्ने नारा लाई आत्म साथ गर्दै यही असोज १४ गते रामचन्द्र चन्द विशेष सांगीतिक साँझ हुने भएको हो ।                                                                                  काठमाडौं स्थित राष्ट्रिय नाँच घर जमलमा कार्यक्रम हुने भएको हो । गुल्मी जिल्लामा जन्मेर लोक दोहोरी गीत संगीतको क्षेत्रमा अनवरत प्रस्तुती दिँदै आएका छन् । गायक चन्दका दर्जनौं गीत अहिले पनि उत्तिकै मात्रामा चर्चामा रहेका छन् । बहुप्रतिभाका धनी गायक चन्दले विभिन्न बिधाका गीतहरु गाएका छन् । गायक चन्दले विशेष सांगीतिक साँझ कार्यक्रमको तयारी स्वरुप विभिन्न क्रियाकलापहरु गर्दै आएको गायक रामचन्द्र चन्दले बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया