काँग्रेस परित्याग गरेकी छत्रकाेटकी वडा सदस्य नेपाली पदमुक्त



सुमन महतारा


गुल्मी । काँग्रेस परित्याग गरेकी वडा सदस्य नेपाली पदमुक्त भएकी छिन् । गुल्मीको छत्रकाेट गाउँपालिका वडा नम्बर ५ मा नेपाली काँग्रेसबाट दलित महिला सदस्यमा निर्वाचित उर्मिला आचार्य नेपाली काँग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेपछि पदमुक्त भएकी हुन् ।

नेपाली २०७९ मा भएको स्थानीय तहकाे निर्वाचनमा निर्वाचित वडा सदस्य हुन् । उनी हालै मात्रै नेपाली काँग्रेस परित्याग गरेर नेकपा एमाले प्रवेश गरेकी थिइन् । काँग्रेस छोडेपछि नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीले उनले पार्टी परित्याग गरेको जानकारी नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिलाई गराएको नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले जानकारी दिए ।

Jeewan and Rajan Tailors

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले गुल्मीकाे छत्रकाेट गाउँपालिका वडा नम्बर ५ की वडा सदस्य उर्मिला आचार्य नेपाली अन्य दल प्रवेश गरेको भनी केन्द्रीय समितिकाे निर्णयकाे प्रतिलिपी सहित निर्वाचन आयोगमा पठाएको थियो । साेही बमोजिम निर्वाचन आयाेगले राजनीतिक दल सम्बन्धी नियमावली २०७४ काे नियम २२ काे उपनियम (२) र (३) बमोजिम दलित महिला सदस्य पद स्वत्: रिक्त हुने व्यवस्था रहेकोमा नेपाली पद मुक्त भएको सूचना जारी गरी उल्लेख गरेको छ ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया