रेसुङ्गा नगरमा तीज मिलन कार्यक्रम सम्पन्न



अनिल खत्री


गुल्मी । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज पर्व नजिकिएसँगै शुभकामना आदानप्रदान बिशेष कार्यक्रम सञ्चालन हुन थालेका छन् । गुल्मी जिल्लामा पनि विभिन्न संघ संस्थाले तीज बिशेष शुभकामना आदानप्रदान कार्यक्रमहरुसँगै सामुहिक रुपमा दरदाने कार्यक्रहरु आयोजना गर्ने गरेका छन् ।

यसै क्रममा जिल्लाको रेसुङ्गा नगरपालिकाको आयोजनामा महिला जनप्रतिनिधी, कर्मचारी बिच तीज बिशेष शुभकामना आदानप्रदानसँगै दर खाने कार्यक्रम सम्पन्न गरेका छन् । नगरका जनप्रतिनिधी र कर्मचारी बिच तीज मिलन र्काक्रममा शुभकामना आदानप्रदानसँगै तीज पर्वसँग सम्बन्धीत गीत गाएर एक आपसमा रमाइलो गरेका थिए । तीज मिलन कार्यक्रममा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले चाडपर्व भडकिलो तरिकाले मनाउन नहुने बताइन । उनले हाम्रा कला संस्कृतिको आफनै खालको महत्व रहेकाले देखासिकी गरेर भन्दा मौलीक तरिकाले चाडपर्व मनाउन आग्रह गरिन् । उनले हिन्दु नारीहरुको महान पर्व तीजको उपक्ष्यमा नगर वासी सम्पूर्ण महिलाहरुलाई शुभकामना दिँदै सभ्य र भव्य तरिकाले तीज पर्व मनाउन आग्रह गरिन् ।

Jeewan and Rajan Tailors

तीज पर्वको अवसरमा गाइने गीत संगीतको छुट्टै महत्व छ । गीतका माध्यमबाट महिला दिदीबहिनीहरुले आफुले भोगेका सुखःदुखका बेदनाहरु पोख्ने गर्दछन् । तर, पछिल्लो समयमा तीजमा उत्याउलो खालको सँस्कृति भित्रिन थालेको छ । पर्वको अवसरमा गाउने गीत पर्वको मर्म तथा नारी बेद्ना भन्दा पनि फरक खालको संस्कृति भित्रिएको प्रति पुराना पुस्ताको भने चिन्ता छ ।

The Star Family Restaurant

तीजको अवसरमा गीतका माध्यमबाट महिलाहरुले घरमा आफुले भोगेका सुखःदुखका बेदनाहरु गीतका माध्यमबाट पोख्ने गर्दछन् । गुल्मी लगायत पश्चिम तिर यस्ता भाकाहरु वढि प्रचलनमा रहेका छन् । पछिल्लो समय तीज पर्वको अवसरमा बिकृति मूलक गीतहरु आइरहेको बेला गुल्मी जिल्लामा भने मौलिक गीत गाएर नाच्ने गरेका छन् । कला संस्कृतिको संरक्षणमा यहाँका नागरिहरुले पुरानै प्रचलनका गीत गाउने र नाच्ने गरेका हुन् ।

रेसुङ्गा नगरपालिकाले आयोजना गरेको तीज मिलन कार्यक्रममा पनि महिलाहरुले नारि बेदना र तीज झल्कीने खालका पुरानै गीतमा नाचेका थिए । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज पर्व आउन एक साता मात्रै बाँकी रहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया