जनतालाई केन्द्रमा राखेर समानुपातिक विकास गर्नुपर्छ : मन्त्री कार्की



नवीन कार्की


गुल्मी । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री धनेन्द्र कार्कीले जनतालाई केन्द्रमा राखेर समानुपातिक विकास गर्नुपर्ने बताएका छन् । बिहीबार वी.पी. स्मृति भवन तम्घास गुल्मीमा नेपाली काँग्रेस रेसुङगा नगर कार्यसमितिले आयोजना गरेकाे भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री कार्कीले जनतालाई केन्द्रमा राखेर समानुपातिक विकास गर्नुपर्ने बताएका हुन् ।                                                                                जिल्ला समन्वय समिति गुल्मीले आयोजना गरेको गुल्मीका विकाससँग सम्बन्धित कार्यालय र स्थानीय तहहरुकाे आर्थिक वर्ष २०८०/०८१ काे वार्षिक प्रगति समिक्षा कार्यक्रमका लागि गुल्मी आएका मन्त्री कार्की उक्त कार्यक्रममा सहभागी भएका थिए । स्थानीयकाे गुनासोलाई सम्बाेधन गर्दै कार्की जनता केन्द्रित विकास गर्नुपर्ने र लुम्बिनी प्रदेश भर समानुपातिक विकासमा आफूहरूले जाेड दिने बताएका थिए ।                                                                                मन्त्री कार्कीले अबको बिकास स्वास्थ्य र शिक्षामा सुधार गरेर पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने बताएका थिए । ‘विकास प्राथमिकतामा जनता केन्द्रमा राख्नुपर्छ’ मन्त्री कार्कीले भने, “हामीमा प्रदेशभर समानुपातिक विकास गर्नुपर्ने जिम्मेवारी छ ।” कार्कीले गत आर्थिक वर्षका विकास निर्माणका काम सम्पन्न भएर पनि भुक्तानी नभएको अवस्थालाई मध्यनजर गर्दै उक्त समस्या समाधान गर्नेमा आर्थिक मामिला तथा याेजना मन्त्रालय लागिरहेको बताएका थिए ।                                                                                जिल्ला समन्वय समिति गुल्मीले आयोजना गरेको गुल्मीका विकाससँग सम्बन्धित कार्यालय र स्थानीय तहहरुकाे आर्थिक वर्ष २०८०/०८१ काे वार्षिक प्रगति समिक्षा कार्यक्रमका कर्मचारी र जनप्रतिनिधिकाे काम र कर्तव्य भनेकै विकास गर्ने र जनतालाई सुविधा दिने भएकोले आफूहरू त्यसैमा केन्द्रित भएको बताएका थिए । उनले जनतालाई केन्द्रमा राखेर काम गर्न कर्मचारीलाई सजगता अपनाउन पनि भनेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया