गुल्मी । गुल्मी छापहिले सम्पर्क समाज रुपन्देहीकाे आयोजनामा तीज कार्यक्रम बुटवल फुलबारीमा सम्पन्न गरिएको छ । नेपाली महिलाहरूकाे महान् चाड हरितालिका तीज २०८१ काे अवसरमा तीज कार्यक्रम अन्तर्गत दर खाने कार्यक्रम र साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो । गुल्मी छापहिले सम्पर्क समाज रुपन्देहीले छापहिलेमा जन्मघर भई कर्मकाे सिलसिलामा बुटवल लगायतका स्थानमा बस्ने आमा दिदिबहिनीहरुलाई एकजुट बनाउने उद्देश्यले आफूहरूले तीज कार्यक्रम आयोजना गरेको गुल्मी छापहिले सम्पर्क समाज रुपन्देहीका अध्यक्ष केशव भण्डारीले जानकारी दिए । शनिबार सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका उपसभामुख मेनुका खाँड केसीकाे पनि सहभागिता रहेको थियो । उक्त कार्यक्रममा दर खाने कार्यक्रमसहित विविध साँस्कृतिक कार्यक्रम समेत भएको साँस्कृतिक कार्यक्रम संयाेजक चन्द्र प्रकाश गिरीले जानकारी दिए । तीज कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश उपसभामुख मेनुका खाँड केसीले गुल्मी छापहिले सम्पर्क समाज रुपन्देहीले माैलिक तरिकाले तीज मनाएकोमा संस्थाको प्रशंसा गरिन् । उनले पछिल्लो समय संस्कृतिमा आएको विकृतिकाे अन्त्य गरेर समाजले रैथाने परिकारकाे दर र माैलिक तीज गीत तथा नृत्यसहित तीज मनाएकोमा संस्थालाई धन्यवाद दिइन् । समाजले स्थानीय परिकार मालिका गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रेखाकुमार जिसीले सहयोग स्वरुप पठाएको काेसेली छापहिलेकाे रैथाने तरकारी डौँडे, निउराे, तामा सहितका स्थानीय परिकार र डिजिटल बाध्य सामग्रीकाे प्रयोगबिना माैलिक तीज गीत तथा नृत्य सहित तीज कार्यक्रम गरिएको थियो । कार्यक्रममा दुई सय भन्दा बढीकाे सहभागिता रहेको थियो । कार्यक्रममा गुल्मी छापहिले सम्पर्क समाज रुपन्देहीका अध्यक्ष, सल्लाहकार, पदाधिकारी, कार्यसमितिसहित आवद्ध सदस्यहरु र छापहिले जन्मघर भई कर्मकाे सिलसिलामा बुटवल लगायतका स्थानमा बसाेबास गर्नेकाे सहभागीता रहेको थियो ।
तपाईंको प्रतिक्रिया
-
Mahatara Live Gulmi का संचालक तथा सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समिति (रासस) र कारोबार राष्ट्रिय दैनिकको संवाददाता हुन् ।लेखक द्वारा अन्य