पूर्वमन्त्री ज्ञवालीद्वारा हर्दिनेटा स्वास्थ्य चाैकीकाे उद्घाटन



सन्तोष महतारा


गुल्मी । नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवालीले स्वास्थ्य सेवालाई घरघरमै पुराउनुपर्ने बताएका छन् । गृहजिल्ला गुल्मीकाे छत्रकाेट गाउँपालिका वडा नम्बर ३ मा निर्माण सम्पन्न हर्दिनेटा स्वास्थ्य चाैकीकाे उद्घाटन गर्दै ज्ञवालीले यस्तो बताएका हुन् ।                                                                                 पूर्वमन्त्री समेत रहेका ज्ञवालीले सोमबार स्वास्थ्य चाैकी उद्घाटन गर्दै भाैतिक संरचना बन्नु भन्दा पनि त्यसबाट हुने सेवा प्रवाहकाे बिषयमा ध्यान दिनुपर्ने बताए । ‘यस स्वास्थ्य चाैकीबाट नागरिकले छिटो, भरपर्दो र गुणस्तरीय सेवा पाउनुपर्छ ।’ पूर्वमन्त्री ज्ञवालीले भने, “अब स्वास्थ्य सेवा घरघरमै पुराउनुपर्छ ।” ज्ञवालीले उद्घाटन भएको हर्दिनेटा स्वास्थ्य चाैकीबाट अब स्वास्थ्य सेवा घरघरमा पुर्‍याउन आवश्यक रहेको र त्यसतर्फ पनि संस्थाले साेच्नुपर्ने भएकोले त्यसमा आफूहरूले पनि पहल गर्ने बताए ।                                                                               स्वास्थ्य चाैकी उद्घाटनकाे क्रममा छत्रकाेट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जग्गादाता वडाध्यक्ष तेजकान्त अर्याल र स्वास्थ्य चाैकीकाे भवन निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई धन्यवाद दिए । उनले छत्रकाेट गाउँपालिकाले स्वास्थ्यकाे क्षेत्रमा फड्को मारेको बताए । स्वास्थ्य संस्था मापककाे सूचकका आधारमा गुल्मी जिल्लामै छत्रकाेट गाउँपालिका प्रथम र पाेषणयुक्त स्थानीय तहमा देशभरमै छत्रकाेट गाउँपालिका तृतीय बनेको उनले बताए । ‘नागरिकको स्वास्थ्य हाम्रो कर्तव्य हो, हामी त्यसप्रति जिम्मेवार छौं ।’ गाउँपालिका अध्यक्ष पाण्डेले भने, “स्वास्थ्यसँगै हामीले खानेपानी, शिक्षा र पूर्वाधार लगायतका क्षेत्रमा पनि हामीले काम गरेका छौं ।” हर्दिनेटामा छत्रकाेट गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तेजकान्त अर्यालले दान गरेको साढे तीन राेपनी जग्गामा दुई तले स्वास्थ्य चाैकी निर्माण सम्पन्न भएको छ ।                                                                               संघीय बिशेष अनुदान अन्तर्गतको एक करोड ७१ लाख लागतमा उक्त स्वास्थ्य चाैकी भवन निर्माण सम्पन्न भएको छत्रकाेट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिरवबहादुर पुनले जानकारी दिए । उनका अनुसार, भवनको निर्माण रेसुङ्गा दर्शन कन्ट्रक्सन प्रा.लि.ले गरेको थियो । भवनको निर्माण गत बैशाखमा सम्पन्न भएको थियो ।                                                                                  पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले हर्दिनेटा स्वास्थ्य चाैकीकाे उद्घाटन गर्नुपूर्व नागरिक आराेग्य केन्द्र हर्दिनेटाकाे पनि उद्घाटन गरेका थिए । उक्त आराेग्य केन्द्र लुम्बिनी प्रदेश अन्तर्गतकाे २२ लाख बजेटमा सम्पन्न भएको थियो ।                                                                                   उद्घाटन भएको नागरिक आराेग्य केन्द्रबाट आयुर्वेद सेवा र हर्दिनेटा स्वास्थ्य चाैकीबाट स्वास्थ्य उपचारका सेवाहरु औपचारिक रुपमा प्रवाह हुनेछन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया