स्वास्थ्यमा अब्बल बन्दै रुरुक्षेत्र : ०८०/०८१ का कार्यमा गुल्मीमा रुरुक्षेत्र प्रथम



सुमन महतारा


गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका आर्थिक बर्ष २०८०/०८१ काे सम्पादित स्वास्थ्य कार्यक्रमहरुकाे समिक्षामा रुरुक्षेत्र प्रथम भएको हाे । रुरुक्षेत्र गाउँपालिकाले ७१.८२ प्रतिशत सहित प्रथम स्थान हासिल गरेको हाे भने सत्यवति गाउँपालिका दोस्रो र छत्रकाेट गाउँपालिका तेस्रो भएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले दुई दिन सम्म सञ्चालन गरेकाे बार्षिक समिक्षा गाेष्ठिमा १२ वटै स्थानीय तह र स्वास्थ्य संग सम्बन्धित कार्यालयको समिक्षा गरेको थियो । एक आर्थिक बर्षमा जिल्लाका १२ वटा स्थानीय तह मातहत रहेका कार्यालयहरुले गरेका कामहरुलाइ स्वास्थ्य कार्यालय गुल्मीले २९ वटा सुचकका आधारमा मुल्यांकन गरेको स्वास्थ्य कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख बरिस्ठ जनस्वास्थ्य अधिकृत पुस्पा थापाले बताइन् । कार्यालयले खाेप, सुरक्षा ,पाेषण,टिवि ,परिवार नियाेजन, लगाएतमा टेकेर कार्यालयले मुल्यांकन गरेकाे उनले बताइन् ।आइतबार र साेमबार दुईदिन सम्म चल्ने समिक्षा गाेष्ठीकाे जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्राेणबहादुर खत्रीले उद्घाटन गरेका छन् । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुले वर्षभरमा आफ्नो पालिकाबाट भएका गतिविधिसहितको प्रस्तुति समिक्षा गाेष्ठीमा प्रस्तुत भएका थिए ।

स्वास्थ्यकाे क्षेत्रमा जिल्लाकाे वास्तविक अवस्थाकाे पहिचान गर्न, नमुना कार्यकाे अनुसरण गर्न, स्वास्थ्यमा रहेका समस्याकाे पहिचान गर्न, समस्याको समाधानका लागि सामुहिक पहल गर्न र आगामी दिन कार्यक्रममा सुदृढीकरण गरेर अगाडि बढ्नका लागि स्वास्थ्य कार्यालयकाे आयोजनामा जिल्लाका सबै स्वास्थ्य कार्यक्रमकाे वार्षिक समिक्षा गाेष्ठी गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्राेणबहादुर खत्रीले स्वास्थ्य क्षेत्रकाे विकास विगतका वर्षको समिक्षा र आगामी वर्षको कार्ययाेजना सम्बन्धी छलफल हुनु आवश्यक रहेको बताए । उनले समिक्षा गाेष्ठीमा सक्रिय सहभागीताका लागि सहभागीलाई अनुरोध गर्दै दुई दिने समिक्षापछि आगामी दिनमा सुधार गर्नुपर्ने समस्याकाे पनि पहिचान हुनेभएकोले समिक्षा पश्चात् थप प्रभावकारी कार्यक्रम तय गर्नुपर्ने बताएका थिए ।

bird conversation Add

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्राेणबहादुर खत्रीले पछिल्लो समय सर्ने भन्दा पनि नसर्ने राेग सहरबाट गाउँ तर्फ बढ्दाे क्रममा रहेकाेले ग्रामीण भेगमा सचेतनाका कार्यक्रम हुनु आवश्यक रहेको बताएका थिए । समिक्षा कार्यक्रम आइतबार र साेमबार दुईदिनसम्म चलेकाे थियो । समिक्षा कार्यक्रममा जिल्लाका सबै स्वास्थ्य कार्यक्रमकाे प्रस्तुतिकरण, टिप्पणी र समिक्षा भएको थियो । यसअघिका दुई आर्थिक वर्षका स्वास्थ्य कार्यक्रमकाे वार्षिक समिक्षा गाेष्ठी क्रमशः सत्यवती गाउँपालिकाकाे भार्से र छत्रकाेट गाउँपालिकाकाे चाेयगाकाे सम्पन्न भएको थियो । यसपटकको समिक्षा जिल्ला सदरमुकामस्थित रेसुङ्गा नगरपालिकाकाे तम्घासमा सम्पन्न भएको थियो ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया