गुल्मी क्षेत्र नम्बर १(ख) बाट निर्वाचित सांसद कार्की लुम्बिनी प्रदेश सरकारका मन्त्री



नवीन कार्की


गुल्मी । गुल्मीबाट निर्वाचित सांसद धनेन्द्र कार्की लुम्बिनी प्रदेशका मन्त्री बनेका छन् । गुल्मीको क्षेत्र नम्बर १ प्रदेश सभा (ख) बाट निर्वाचित सांसद कार्कीले बुधबार सपथ लिएसँगै मन्त्री बनेका हुन् ।                                                                                गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ६ म्यालडाँडाका कार्की नेपाली काँग्रेसबाट निर्वाचित सांसद हुन् । उनी नेपाली काँग्रेसका महासमिति पनि सदस्य हुन् ।                                                                             तत्काललाई विना विभागीय मन्त्रीकाे सपथ लिएका कार्की बुबा रामबहादुर कार्की र आमा यमकुमारी कार्कीका छाेरा हुन् । उनी विद्यार्थी जीवनदेखि नै नेपाली काँग्रेसकाे राजनीतिमा सक्रिय थिए । २०७४ मा पहिलो प्रदेश सभाको निर्वाचनमा पराजित कार्की २०७९ मा भएको निर्वाचनमा फराकिलो मतान्तरले प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।                                                                        मन्त्रीकाे सपथ लिएसँगै कार्कीले आफूलाई निर्वाचित गराउने गुल्मीको क्षेत्र नम्बर १ प्रदेश सभा (ख) का सबै मतदातालाई धन्यवाद दिए । सपथ ग्रहण पछि लाइभ गुल्मीसँगकाे कुराकानीमा कार्कीले आफू जनताप्रति थप उत्तरदायी र जिम्मेवार बन्ने दिन आएकोले लुम्बिनी प्रदेशका सबै जिल्लालाई समान दृष्टिकोण राखेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।                                                                             गुल्मीको क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट निर्वाचित सांसद दिनेश पन्थीले पनि मन्त्रीकाे सपथ लिएका छन् । उनी यसअघिकाे लुम्बिनी प्रदेश सरकारमा पनि मन्त्री थिए ।                                                                          अर्घाखाँचीबाट निर्वाचित सांसद चेतनारायण आचार्य मुख्यमन्त्री बनेको हालको सरकारमा गुल्मीबाट निर्वाचित दुई सांसद मन्त्री बनेका हुन् । हाल संघीय सरकारसँगै लुम्बिनी प्रदेश सरकार पनि काँग्रेस-एमालेकाे समीकरणमा नयाँ सरकार बनेको हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया