गुल्मी । गुल्मीदरबारमा टेकराज गिरीको नेतृत्वमा निजामती कर्मचारी युनियन गठन भएको छ । नेपाल निजामती कर्मचारी युनियन गुल्मीदरबार गाउँपालिका गुल्मीको दोस्रो अधिवेशनबाट गिरीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति गठन भएको हो । जसको उपाध्यक्षमा अशोक खनाल, समावेशी उपाध्यक्ष इन्दु घर्ती मगर, सचिवमा भुपेन्द्र कंडेल, सह-सचिव रामकृष्ण कँडेल र कोषाध्यक्षमा विनिता ज्ञवाली सर्वसम्मत चयन भएका छन् । त्यस्तै समितिका सदस्यहरूमा टंक प्रसाद पन्थी, आविस्कार खत्री, बिक्रम बस्नेत, प्रकाश थापा, रोशन परियार, सबिता खतिवडा, अजय शाह, जय बहादुर सर्तुङ्गी र अर्जुन बिश्वकर्मा रहेका छ्न् ।
अध्यक्षमा निर्वाचित टेकराज गिरीले आफुलाई दोस्रो कार्यकालको लागि पनि विश्वास गरि सर्वसम्मत रुपमा जिम्मेवारी दिएकोमा सम्पूर्ण युनियनकर्मी हरुलाई धन्यवाद ज्ञापन गरे । नयाँ कार्यसमितिले कर्मचारीको हकहितको विषयमा अझ शशक्त रुपमा लाग्ने प्रतिबद्धता उनले व्यक्त गरे । कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो ।