गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ गौडाकोट बजारमा रहेको सुर्योदय लघुवित्त वित्तिय संस्था गौडाकोट शाखाले पशुपालन सम्बन्धी तालिम प्रदान गरेको छ । संस्थाले आफ्ना सदस्यहरुलाई एकदिने पशुपालन सम्बन्धी तालिम गुल्मीदरबार गाउँपालिकाको सभाहलमा सम्पन्न प्रदान गरेको हो ।
२५ नम्बर समुहकी अध्यक्ष नम्रता फुङजेलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा सदस्य सुमा दर्जीको श्रीमानको मृत्यु पछि पाउने मृत्यु दाबि भुक्तानी अन्तर्गत एक लाख १२ हजार पाँच सय कार्यक्रमका प्रमुख अतिथि गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष राम बहादुर थापाद्वारा हस्तान्तरण गरिएको थियो । हस्तान्तरण पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले लघुवित्त बाट जुन उदेश्यले ऋण लैजानु हुन्छ त्यहि काममा प्रयोग गरी आत्मनिर्भर हुनुपर्ने कुरामा जोड दिए । उद्वब प्रसाद न्यौपानेको प्रशिक्षणमा भएको उक्त कार्यक्रमको सहजीकरण भने शाखा प्रमुख अनिल सुनारले गर्नु भएको थियो।