गुल्मी । गुल्मीदरबारमा राष्ट्रपति रनिङ शिल्डकाे उपाधि रुन्खादह माविले जितेेकाे छ । गाउँपालिकाले आयोजना गरेको छैटौं पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताकाे उपाधि रुन्खादह माविले जितेकाे हो । गत बिहिबार लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उद्घाटन गरि विभिन्न बिधामा संचालन भएको उक्त राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा १४ स्वर्ण, ११ रजत र २ कास्य गरि कुल २७ पदक सहित श्री रुन्खादह माध्यमिक विद्यालयले यस बर्षको गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी चुम्न सफल भएको हो । यसै गरि ९ स्वर्ण ८ रजत र १ कास्य गरि कुल १८ पदक सहित श्री सुर्योदय माध्यमिक विद्यालय द्वितीय र ९ स्वर्ण ५ रजत र ३ कास्य गरि कुल १७ पदक सहित श्री इश्वरी माध्यमिक विद्यालय तृतीय भएका छन् । यसै गरि १२/१२ पदक सहित शारदा माध्यमिक विद्यालय र थाक्सीपोखरा माध्यामिक विद्यालय चौथो स्थानमा रहन सफल भएका हुन् । समापन समारोहलाई सम्बोधन गर्दै गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले खेलकुद र खेलाडी प्रती आफू सधै सकारात्मक रहेको र आगामी बर्ष अलिक बढी बजेट छुट्टाउने वचन दिए । साथै गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सफल बनाउन अहोरात खटने गुल्मीदरबार गाउँपालिकाको खेलकुद समिति लगायत सबैमा हार्दिक आभार ब्याक्त गरे ।
तपाईंको प्रतिक्रिया
-
कार्की लाइभ गुल्मीका बजार व्यवस्थापक हुन् । उनी लाइभ गुल्मीका संवाददाता समेत हुन् ।लेखक द्वारा अन्य