गुल्मी । गुल्मी दरबार गाउँपालिका–६, पाल्पाथोकस्थित श्री गंगा आधारभूत विद्यालयमा भोलि (जेष्ठ २६ गते सोमबार) ‘तेस्राे रनिङ शिल्ड अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ।
गुल्मी चारपाला रूपन्देही सम्पर्क समाज, तिलोत्तमा–३, रूपन्देहीको आयोजनामा तथा मीरा कोषको व्यवस्थापकीय सहयोगमा कार्यक्रम सञ्चालन हुनेछ। प्रतियोगिता बिहान १० बजेबाट सुरु हुने जानकारी आयोजकले दिएको छ।
कार्यक्रमको अध्यक्षता गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजकी अध्यक्ष उषा खत्रीले गर्नेछिन्। प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूबीच हाजिरीजवाफ प्रतिस्पर्धा गराइनेछ।
आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीहरूको ज्ञान, आत्मविश्वास र बौद्धिक क्षमताको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।