प्रदेश अर्थमन्त्री मास्कीद्वारा गुल्मीको बलेटक्सार चक्रपथको शिलान्यास



Live Gulmi


देउखुरी (दाङ) , २७ असार । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ र ५ मा पर्ने बलेटक्सार चक्रपथको शिलान्यास गर्नुभएको छ । बुधबार मन्त्री मास्कीले सोही चक्रपथको शिलान्यास गर्दै सोही सडकको कालोपत्रेकालाथि थप बजेटको समेत व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयाे । उहाँले चक्रपथको काम समयमै सक्न समेत निर्माण कम्पनीलाई निर्देशन दिनुभयाे । कुल ८ करोड १७ लाख लागतमा हाल ४.५ किलोमिटर चक्रपथ कालोपत्रे हुँदैछ । उक्त चक्रपथ साढे ७ किलोमिटर रहेको छ ।                                                                                     त्यस अवसरमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशा अध्यक्ष सुदर्शन बरालले विकास निर्माणमा सबै एकमत हुनुपर्ने समेत बताउनुभयाे । उहाँले सबैको सहयोगले नै विकास निर्माणले गति लिने समेत बताउनुभयाे । एकअर्काप्रति खिचातानीको राजनीतिले विकास निर्माणमा असर पर्ने समेत उहाँले बताउनुभयो ।                                                                                    सडक पूर्वाधार बिकास कार्यालय गुल्मीका सचितानन्द चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मिनादेबि गौतमले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । निर्माण व्यवसायी भागवत गिरीले १ बर्ष भित्र काम सक्ने प्रतिबद्धता जनाउनुभयाे । कार्यक्रमको सहजीकरण दामोदर ज्ञवालीले गर्नुभएको थियो । चक्रपथ चौतारा-धोवीघाट-रानीघाटसम्म रहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया