गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकाले गाउँपालिका भित्रका नागरिकलाइ लक्षित गरि निशुल्क आँखा शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले दुई दिन सम्म सञ्चालन गरेको शिविरमा आठ सय सन्ताउन्न नागरिकले सेवा लिएका छन् । जसमध्ये १२६ जना नागरिकको मोतियाबिन्दुकाे शल्यक्रिया गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चन्द्र बहादुर थापाले जानकारी दिएका छन् । शिविरमा तीन सय पन्ध्र जना नागरिकले चस्मा बनाएको र अन्य नागरिकलाइ निशुल्क औंषधि बितरण गरिएको बताएका छन् । नागरिककाे अत्यन्तै संवेदनशील अंग आँखा जसको उपचार गर्ने रकम नपाएर अन्धकारमा बस्नुपर्ने अवस्थाका कालिगण्डकिका नागरिकका निमित्त गाउँपालिकाले निशुल्क आँखा शल्यक्रिया शिविरकाे आयोजना गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरेश गिरिले बताए । नागरिकको स्वास्थ्य प्रति आफूहरु संवेदनशील रहेको र आफूहरु सधैं यसैगरी नागरिककाे सहज सेवामा लाग्ने गाउँपालिका अध्यक्ष बेद थापा मगरले बताए ।
कालिगण्डकि गाउँपालिकाकाे आयोजना र बिपि नेत्र प्रतिष्ठान काठमाडौंकाे प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हाे ।