गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर १ को वडाअध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी परेको छ । ५ जना राजनितिक दल र ३ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत न्यायधीश युवराज गौतमलले बताउनुभयो ।
मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा मुसिकोट नगरपालिकामा रिक्त वडाअध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापाले मनोनयन दर्ता गराएका छन् । त्यस्तै माओवादी केन्द्रबाट दुर्गाबहादुर बिक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय पजातन्त्र पाटीबाट इश्वरी खाती क्षत्रीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । स्वतन्त्रबाट पोमानन्द खरेल, योगेन्द्र खरेल, कुलबहादुर थापाले उम्मेदवारी मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत ऋषिराम घिमिरेले बताउनुभयो । त्यस वडामा नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको छ ।
उपनिर्वाचनको मिति नजिकिन थालेसँगै दलहरुले चुनाव लक्षित कार्यक्रमहरु गर्न थालेका छन् । दलहरुले वडामा उम्मेदबार छान्ने र चुनाव लक्षित कार्यक्रमहरु पनि गर्न थालेका छन् ।
वडामा ४ हजार ५१ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।