सार्वजनिक बिदाले गुल्मीमा नागरिकलाई सास्ती



अनिल खत्री


गुल्मी । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले सम्मान स्वरुप आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर कार्यालय खुल्ने केही समय अगाडि मात्रै सार्वजनिक बिदा दिदा नागरिकले भने सास्ती खेप्नु परेको छ ।

सोमबार बिहानैदेखि जिल्ला प्रशासन कार्यालय र गुल्मी अस्पतालमा सेवाग्राहीको लामो लाइन थियो । सरकारले बिहान कार्यालय खुल्ने समय अगाडि मात्रै सार्वजनिक बिदा दिने निर्णयले सेवा लिन कार्यालय पुगेका सेवाग्रहीलाई सेवा नलिइ घर फर्किन बाध्य भए । नागरिकले सरकारले दिएको बिदाको भन्दा पनि दिने निर्णय समयमै नभएकोमा नागरिकको गुनासो उठेको छ । समयमै दिएको भए बिदाको दिन सरकारी कार्यालयमा सेवा लिन जान दुखः नपाउनु पर्ने उनिहरुको दुखेसो छ ।

Jeewan and Rajan Tailors

सरकारले सार्वजनिक बिदा दिदा सेवाग्रही र स्वय सरकारको समेत आर्थिक व्ययभार जोगिने सोमबार जिल्ला प्रशासन कार्यालयमा सेवा लिन पुगेका रेसुङ्गा नगरपालिका वडानम्बर १ का स्थानीय बावुलाल पन्थीले बताए । उनले कार्यालय खुल्ने अन्तिम समयमा दिइएको बिदाले नागरिकलाई सेवाप्रवाहमा सास्ती दिएको बताए ।
सेवा लिन घरबाट हिडेकाहरु कार्यालय पुगेर मात्रै बिदाको जानकारी पाएकाले यस्ता निर्णय गर्दा नागरिकको पनि अवस्था मुल्याङकन गरेर बिदा दिनुपर्ने पन्थीको भनाइ छ । सरकारले दिने निर्णय अपरिपक्क ढंगले घोषणा गर्दा सेवा लिन पुगेका सेवाग्रही आक्रोसित भएका छन् । पछिल्लो समय जिल्ला प्रशासन कार्यालयमा सेवाग्रहीको चाप अत्याधिक बढेको छ । जसले गर्दा सेवाग्रही बिहानै लाइनमा बस्नपर्ने बाध्यत छ । लाइन लागेर सेवालिने समयमा सार्वजनिक बिदा दिने निर्णयले गाउँगाउँबाट सेवा लिन आएका सेवाग्रहीको समयसँगै आर्थिक रकम पनि फजुलमा खर्च भएको नागरिक समाजका अध्यक्ष दिमप्रसाद पाण्डेले बताए ।

The Star Family Restaurant

जिल्ला प्रशासन लगायतका सरकारी कार्यालयमा सेवा लिन आएका सेवाग्राही विमुख घर फर्कनु बाध्य भएको उनले बताए । कार्यालय खुल्ने समयमा भएको सार्वजनिक बिदा दिने निर्णयको उनले टिप्पणी गरे । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बिदा भएपछि सेवा प्रवाह बन्द गरेपनि गुल्मी अस्पताल सपिहत केहि विद्यालयले भने सेवा प्रवाह दिएका थिए ।

जिल्ला प्रशासन लगायतका सरकारी कार्यालयमा सेवा लिन आएका सेवाग्राही विमुख घर फर्कनु बाध्य भएपछि कार्यालय खुल्ने समयमा भएको सार्वजनिक बिदा दिने निर्णयको नागरिकमा टिप्पणी भएको छ ।
ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया