गुल्मीमा एउटकै कृषकले उत्पादन गरे चार सय मुरी धान



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लामा व्यवसायिक रुपमै धान उत्पादन हुन थालेको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–६ चौरासीमा मेघनाथ अर्यालले व्यवसायिक रुपमै सयौं मुरि धान उत्पादन गरेका छन् ।

कोरोना महामारीको समयमा शहरको सुख्खको जीवन त्यागेर गाउँमा कृषि पेसा अंगालेका अर्यालले यस वर्षदेखि धान उत्पादन गर्न थालेका छन् । अर्यालले १ सय बढि रोपनी क्षेत्रफलमा धान उत्पादन गरेका छन् ।
आफ्नै करिब ७० रोपनी र भाडामा लिएर ४२ मा धान खेती पनि गरेका हुन् । गाउँमा बाँझिदै गरेका खेतीबारि लिजमा लिएर अर्यालले व्यवसायीक रुपमा धान मकै उत्पादनलाई जोड दिएका छन् । उत्पादीत धानलाई प्रशोधन गरेर यहाँको चामल तराइमा बिक्री गर्ने लक्ष्य उनको रहेको छ ।
अर्यालले पहिलो पटक उत्पादन गरेको ४ सय मुरि धान प्रर्दशन समेत गरिएको थियो । पहाडी क्षेत्रमा एउटै कृषकले सयौं मुरि धान उत्पादन गर्ने कृषक पाइदैन ।
तर अर्यालले उत्पादन गरेर गुल्मीमै चर्चा कमाएका छन् । उनले गरे हेरक कुराको सम्भव रहेको प्रस्तुत समेत गरेका छन् ।
जिल्ला स्थित विभिन्न कार्यालय र जनप्रनिधि बिच उत्पादित थान प्रर्दशन समेत गरिएको थियो । आयातित चामलको मूल्यका हिसाबले बढिरहेको समयमा  जिल्लामै मिल स्थापना गरेर चामल निर्यात गर्न सके गुल्मी जिल्लामा उर्भरभूमि रहेको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।

Jeewan and Rajan Tailors

यसले कृषकको आम्दानीको श्रोत बढने उनले बताए । जिल्लामा पहिलोपटक सयौं मुरि धान उत्पादन गर्ने कृषक मेघनाथ अर्यालाई मूल्य अभिवृद्धि गर्न कृषि ज्ञानकेन्द्रले चामल निर्यात गर्ने अभियानमा रहेको भण्डारीले बताए ।
धान उत्पादन गर्ने कृषकलाई बीउ तथा साना सिंचाइमा सहयोग गर्ने गरेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । गुल्मी जिल्लामै व्यवसायिक रुपमा धेरै धान उत्पादन गर्ने कृषक मेघनाथ अर्याल बनेका छन् ।
अर्याले यसवर्ष धान प्याकेजिङ्ग गरेर बजारमा लैजाने तयारीमा छन् अर्को वर्ष मकैको आटो र कोदो उत्पादन र खरिद गरेर बिक्री गर्ने सोचमा रहेको उनले बताए । यसवर्ष अर्यालले १ सय ५० मुरि मकै उत्पादन समेत गरेका थिए ।
भैंसी पालन समेत गरेका अर्यालले उचित मलको प्रयोगले धान खेती पनि राम्रो हुँने गरेको बताए । अर्गाजिन ढंगलोधान उत्पादन गरेका अर्यालले ५ लाख लगानीमा ४ सय मुरि धान उत्पादन गरेका छन् ।
यसवर्ष ७ लाखकको धान बिक्री गर्ने लक्ष्य उनले लिएका छन् । पहाडी भेगमा यति धेरै धान उत्पादन गरेको पहिलोपटक देखेको धानअवलोकनमा पुगेका गुल्मीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

The Star Family Restaurant

पछिल्लो समय मानिस शहर मुखि भइरहेको समयमा यसरी सयौं मुरि धान उत्पादन गर्ने कृषकलाई सयौं प्रोत्साहन गर्न जरुरी रहेको उनले बताए । गाउँमै केहि गरौं भनेर लागेका कृषकलाई स्थानीय सरकारले पनि सहयोग र हसौंला प्रदान गर्ने गरेका छन् ।
धुर्कोट गाउँपालिकाले धान उत्पादन गर्ने कृषक अर्याललाई धान प्रशोधन गर्ने मेसिन प्रदान गरेको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले बताए । उनले यसरी गाउँमा कृषि उत्पादन बढाउन पालिकाले विभिन्न प्रोत्साहनका कार्याक्रम गर्दै आएको बताए ।
पालिकाले पहाडी भेगको चिसो पानीले अर्गानिक रुपमा उत्पादन भएको धानको चामल जिल्ला र जिल्ला बाहिर निर्यात गर्न बजारीकरणमा पनि सहयोग गर्ने अध्यक्ष पोखरेलले बताए । उत्पादित धानको चामललाई प्याकेजिङ्गमा पनि पालिकाले सहजीकरण गर्ने गाउँपालिकाले जनाएको छ ।
गुल्मीबाट बैदेशिक रोगजारिका लागि कोरियामा मेहनत पछि बुटवलमा १६ वर्ष बसेका अर्यालले शहरको सुख्ख छोडेर भैँसी पालन र धान खेतीको व्यवसायलाई अगाल्दै आएका छन् । धान खेतीसँगै अर्यालको फममा अहिले माहु भैँसी २२ वटा सहित ४२ वटा भारतबाट ल्याएका मुर्रा जातका भैँसी छन् ।
हाल यो फर्मबाट दैनिक १ सय लिटर भैँसीको दूध उत्पादन भइरहेको छ ।    तीन वर्ष पहिले एक करोड बढि लगानीबाट शुरु भएको व्यवसायबाट स्थानीय २० जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् ।
पशु पालनमा लगानी अनुसार उत्पादन नहुनु र कामदार पनि नपाउनुले धेरै कृषकहरुलाई समस्या पर्दै आएको छ । बजारमा अन्य वस्तुको जस्तै पशु पालक कृषकले उत्पादन गरेका वस्तुको मूल्य नबढनुले बास्ताविक कृषकहरु मारमा परेको छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया