गुल्मीदरबारमा लैङ्गिक हिंसा विरुद्धका विभिन्न कार्यक्रम सम्पन्न



नवीन कार्की


गुल्मी । गुल्मीदरबारमा लैङ्गिक हिंसा विरुद्ध विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । गाउँपालिकाका ७ वटै वडामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विभित्र कार्यक्रम सम्पन्न भएका हुन् ।                                                                                 कार्यक्रम तथा अभियानकाे उद्घाटन राष्ट्रिय सभा सदस्य बिष्णुकुमारी सापकोटाले उद्घाटन गरेकी थिइन् । त्यसपछि सबै वडामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा “हामी सबैकाे प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यकाे लागि ऐक्यबद्धता” भन्न नारा सहित ‘म हिंसा गर्दिन, म हिंसा सहन्न र देखेमा प्रतिकार गर्छु, आवाज उठाउँछु’ भन्ने प्रतिबद्धता गरी कार्यक्रम गरिएका थिए ।                                                                            कार्यक्रममा लैङ्गिक हिंसाको परिचय, प्रकार, कारणहरू, लैङ्गिक हिंसा बारे प्रहरीमा निवेदन दिने प्रक्रिया र लैङ्गिक हिंसा न्यूनीकरणका उपाय आदि विषयमा गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरे, उपाध्यक्ष तारा थापा ढेंगा र कानुनी सल्लाहकार हरि अर्यालको प्रशिक्षणमा प्रशिक्षण दिइएको थियो । उक्त कार्यक्रमको सहजीकरण गुल्मीदरबार गाउँपालिका सामाजिक विकास शाखा प्रमुख नवराज घिमिरेले गरेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया