मन्त्री कार्कीले बाेटे गाउँमा मनाए दसैं



नवीन कार्की


गुल्मी । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री धनेन्द्र कार्कीले बाेटे माझिलाइ दशैकाे टीका लगाएर दशै मनाएका छन्  । संघिय सांसद डा. चन्द्र भण्डारीले पहिला देखि नै यश ठाउँका बाेटे माझिहरुलाइ टीका लगाएर दशै मनाउँने गर्दथे ।
डा. भण्डारी अस्वस्थताका कारण याे बर्ष गुल्मीदरबार गाउँपालिका बडा न.१ बलिथुममा रहेको बोटे माझी बस्तिमा दशै मिलन कार्यक्रममा सहभागी हुन नसकेकाे तर मन्त्री कार्कीले भने उपस्थित रहेको उनले बताए ।                                                                                  मन्त्री कार्कीले यश क्षेत्रका नागरिकको साथमा आफू रहेकाे र बिकासका कामहरुलाइ प्राथमिकताका आधारमा अगाडि बढाउने बताएका छन् । कार्यक्रममा गाउँपालिका अध्यक्ष सराेज कुमार थापाले बाेटे माझिहरुकाे मागका आधारमा कार्यक्रमहरु अगाडि बढाउने बताएका छन् । कार्यक्रममा उपस्थित गुल्मी समाज युकेका अध्यक्ष रुद्र थापा मगरले बोटे माझीहरुलाइ सहयोग गर्ने प्रतिबद्धता व्याक्त गरेका थिए । कार्यक्रममा गुल्मीदरबार गाउँपालिका वडा नम्बर १,३,६ र ७ नम्बर वडाका वडा अध्यक्ष पार्टिका प्रतिनिधि र नागरिकहरुकाे उपस्थित रहेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया