गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाका आज जेष्ठ नागरिक दिवसको अबसरमा ८० बर्ष माथिका जेष्ठ नागरिकहरुलाइ स्वास्थ्यकर्मी द्वारा घर घरमै स्वास्थ्य परिक्षण कार्यक्रमको शुभारम्भ गरिएको छ । गुल्मीदरबार गाउपालिकाले आज बिश्व जेष्ठ नागरिक दिवसको अबसरमा गुल्मिदरबार गाउपालिका वडा न ३ निवासि १०२ बर्षिय बृद्ध डिलादेवि चुदालिलाइ घरमै पुगेर स्वास्थ्य परिक्षण गरि जेष्ठ नागरिकलाइ घरमै स्वास्थ्य सेवा कार्यक्रमको शुभारम्भ गरेको छ । कार्यक्रमको शुभारम्भ गर्दै गाउपालिका अध्यक्ष सरोज कुमार थापा, उपाध्यक्ष तारा थापा ढेगाद्वारा फलफुल प्रदान गरेका थिए । भने गाउपालिकाका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले बृद्व आमाको स्वास्थ्य परिक्षण गरेका थिए । कार्यक्रममा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज घिमिरे,प्रबक्ता शालिकराम टन्डन,सामाजिक बिकास समिति संयाेजक मुकेश थापा,आर्थिक बिकास समिति संयाेजक राजेन्द्र प्रसाद कण्डेल,वडा न ३ का वडाध्यक्ष राम बहादुर थापा,गाउपालिकाका कानुनि सल्लाहकार हरि प्रसाद अर्याल,शाखा प्रमुखहरु लगायत कर्मचारिहरुको उपस्थिति रहेको थियो ।आज देखि शुभारम्भ गरिएको घर घरमा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम असोज र कार्तिक महिनाभर निरन्तर सन्चालन हुने र कार्तिक मसान्तसम्म गाउपालिका भित्र ८० बर्षदेखि माथिका सम्पुर्ण जेष्ठ नागरिकहरु (क) र (ख )बर्गका अशक्त अपाङ्गको घरघरमा स्वास्थ्यकर्मिहरु पुगि स्वास्थ्य परिक्षण,उपचार लगायतका स्वास्थ्य सेवा प्रबाह गर्ने कार्यक्रम रहेको गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद अर्यालले बताए । यो कार्यक्रम प्रदेश शसर्त बाट १ पटकको लागि भएपनि गाउपालिकाको पहलमा थप १ पटक गरि बर्षको २ पटक जेष्ठ नागरिक,क र ख बर्गका अशक्त अपाङ्गलाइ घरघरमा स्वास्थ्य सेवा दिने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले बताए । गाउँपालिका अध्यक्ष सराेज कुमार थापाले गाउँपालिकाका नागरिक प्रति आफुहरु संवेदनशील रहेकाे साथै स्वास्थ्यका यस्ता कार्यक्रम निरन्तर चल्ने खालको याेजना बनाएको उनले बताएका छन ।
तपाईंको प्रतिक्रिया
-
कार्की लाइभ गुल्मीका बजार व्यवस्थापक हुन् । उनी लाइभ गुल्मीका संवाददाता समेत हुन् ।लेखक द्वारा अन्य