गुल्मीदरबार गाउँपालिकामा वार्षिक समिक्षा सम्पन्न



नवीन कार्की


गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले मंगलबार गाउँपालिकाकाे सभाहलमा एक आर्थिक वर्षमा गरेकाे कामको बिषयमा समिक्षा गरेकाे हाे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले सबै शाखाबाट भए गरेका कामहरुकाे एकिकृत रुपमा कार्यक्रमहरुकाे बजेट खर्च लगाएतकाे बिषयमा प्रस्तुति राखेका थिए । उनले गाउँपालिकालाइ काम गर भनेर संघ र प्रदेशबाट बजेट बिनियाेजन समेत गर्ने तर अन्त्यमा बजेट व्यावस्था नहुदा सुरु भएका कामहरु बिचमा अलपत्र पर्ने र काम सकेपछि भुक्तानी दिन नसक्ने अवस्था आइराखेकाे गुनासो समेत राखेका छन् ।

Jeewan and Rajan Tailors

गाउँपालिकाले गत आर्थिक बर्षमा गरेका कामहरुबाट केही सिक्दै र नागरिकका आवस्यकता मुखि भएर अगाडि बढ्ने खालको बजेट ल्याउने प्रेणा मिलेकाे गाउँपालिका उपाध्यक्ष तारा थापाले बताइन ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सराेज कुमार थापाले सिमित श्राेत साधनका बाबजुद नागरिकको मुख्य मुख्य समस्या र आवस्यक्तालाइ प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने बिषयमा जाेड दिएका थिए ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया