गुल्मी । गुल्मीदरबारका संस्थापक अध्यक्ष स्वर्गीय अशोक कुमार थापाको स्मृतिमा वृक्षरोपण गरिएको छ । गुल्मीको गुल्मीदरबार गाउँपालिकाका संस्थापक अध्यक्ष अशाेक कुमार थापाको तेस्रो पृण्यतिथिकाे स्मृतिमा साेमबार गाउँपालिकाकाे १५ शय्याको गुल्मीदरबार अस्पताल परिसरमा वृक्षरोपण गरिएको हो । गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सराेज कुमार थापाले संस्थापक अध्यक्ष स्वर्गीय अशाेक कुमार थापाको स्मृतिमा वृक्षरोपण गर्दै स्वर्गीय थापाको स्मरण गरे । उनले समस्त गाउँपालिका बासीमा अभिभावकको भूमिका निर्वाह गर्ने संस्थापक थापाले देखाएको बाटो अनुसार नै आफूहरु अगाडि बढेको बताए । उनले मृतक संस्थापक अध्यक्ष अशाेक कुमार थापालाई स्वर्गवासकाे कामना गर्दै वृक्षरोपण कार्यक्रम गरिएको बताए । अस्पताल परिसरमा विभिन्न फलफूल, जडिबुटी तथा अन्य बिरुवाहरुकाे राेपणा गरिएको छ । वृक्षरोपण कार्यक्रम गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सहजीकरण गरेका थिए । वृक्षरोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष सराेज कुमार थापा, उपाध्यक्ष तारा थापा ढेंगा, वडाध्यक्ष, कार्यपालिका सदस्य, बिषयगत शाखाका प्रमुख, गाउँपालिकाका प्रेस सल्लाहकार नवीन कार्की, वडा सदस्य, कर्मचारी तथा पत्रकारकाे उपस्थिति रहेको थियो ।