‘उज्यालो सहर : नागरिकको रहर’ गुल्मीको तम्घास बजार अब रातमा पनि उज्यालो



सुमन महतारा


गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा राति पनि उज्यालो भएको छ । रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले ‘उज्यालो सहर : नागरिकको रहर’ भन्ने नाराका साथ गुल्मीको तम्घास बजार अब रातमा पनि उज्यालो सहरका रुपमा विकसित गरेका छन्  ।                                                                             यस कार्यक्रम अन्तर्गत  तम्घासको चिदिचौर लगायतका स्थानहरुमा हाइमास्ट लाइट जडान गरेपछि सदरमुकाम तम्घास बजार राति पनि उज्यालो देखिएको छ  । यतिबेला नगरपालिकाले चिदिचाैर, बुढाथोकी बसपार्क र जिपपार्कमा हाइमास्ट लाइट जडान गरेको छ । जडान गरिएको हाइमास्ट लाइट  चिदिचाैरमा  १६ मिटरकाे लम्बाईमा ३२ सय वाट, बसपार्कमा १२ मिटरकाे लम्बाइमा २४ सय वाट र जिपपार्कमा पनि १२ मिटरकाे पाेलमा २४ सय वाटका लाइट राखिएको छ ।                                                                            जडान गरिसकेपछिको तम्घास बजार उज्यालो देखिएको छ । मेयर पन्थीकै पहलमा सदरमुकाम तम्घासमा राति पनि खेलहरु खेल्न मिल्ने गरि लाइटहरु जडान गर्न बजेट सुनिश्चित भैसकेको छ । जसका लागि टेण्डर हुन बाकी छ  ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया