गुल्मी । गुल्मीकाे इस्मा गाउँपालिकाले ४५ करोड ५० लाखकाे वार्षिक बजेट प्रस्तुत गरेको छ । सोमबार गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा बाँझो जग्गा उपयाेग सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षिका प्रसूति हुँदा अध्ययन बिदा बिरामी बिदा लगाएतका बिदाहरुकाे बेला पठनपाठनमा अवरोध नहाेस भनी शिक्षक बैंक स्थापन गर्ने, शिक्षा तर्फ याे बर्ष पढ्दै कमाउँदै कार्यक्रम सुरु गरिने, बिद्यार्थी संग पालिका,माध्यमिक तहको वेवसाइट निर्माण, कृषि तर्फ बिशेष कार्यक्रम बाँझो जग्गामा खेति गर्नेलाइ अनुदान, मागमा आदारित कृषि औंजर बितरण,पशुपन्छि र गाई भैंसी व्यावसायिक रुपमा पाल्नेलाइ हेरालु,उत्कृष्ट कृषक सम्मान, पर्यटनमा याे बर्ष देखि घुमाैं इस्मा चिनाैं इस्मा कार्यक्रम सञ्चालन स्वास्थ्यमा याे बर्ष पूर्ण संस्थागत सुत्केरी सुनिश्चित तथा पालिका पाेषण कार्यक्रम १० देखि ४९ बर्षका महिलालाई निशुल्क सेनेटरि प्याड,विपन्न गर्भवती काेष,बिपन्न बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा,आगोलागी आत्महत्या अभिमुखिकरण,आगोलागी सचेतना ,लगाएतका कार्यकाे लागि आगामी आर्थिक बर्षकाे लागि बजेट बिनियाेजन गरिएको छ । आइतबार इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले गाउँ सभाामा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । साेही नीति तथा कार्यक्रममा आधारित रहेर गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले साेमबार वार्षिक बजेट प्रस्तुत गरेकी हुन् ।
तपाईंको प्रतिक्रिया
-
महतारा Live Gulmi का सह-सम्पादक हुन् । उनी माउन्टेन टेलिभिजन र मध्यान्ह राष्ट्रिय दैनिकका संवाददाता पनि हुन् ।लेखक द्वारा अन्य