गुल्मीदरबारमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न



नवीन कार्की


गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा दोस्रो रनिङ्ग शिल्ड अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको आयोजना र मिरा कोष रुपन्देहीको व्यवस्थापकीय सहयोगमा गुल्मीदरबार गाउँपालिका वडा नम्बर ५ मा रहेको शारदा माध्यमिक विद्यालय प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिका भित्रका चार विद्यालयले सहभागिता जनाएको उक्त हाजिरीजवाफ प्रतियोगितामा ठुलापोखरा माध्यमिक विद्यालय प्रथम, ईश्वरी माध्यमिक विद्यालयले दोस्रो स्थान प्राप्त गरेको छ । यसैगरी शारदा माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गर्दा गंगा आधारभूत विद्यालयले सान्त्वनामा चित्त बुझाउन परेको छ ।

Jeewan and Rajan Tailors

समाजकी अध्यक्ष उषा खत्रीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि शिक्षा इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनी रहेका थिए । बिशिस्ट अतिथि गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थी रहनु भएको थियो ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया