गुल्मीदरबार गाउँपालिकाकाे दरबार देविस्थानमा क्षमता विकास सम्बन्धी प्रशिक्षण सम्पन्न



नवीन कार्की


गुल्मी । गुल्मीदरबार गाउँपालिकाकाे दरबार देविस्थानमा क्षमता विकास सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । गाउँपालिकाकाे वडा नम्बर ७ दरबार देविस्थानमा साेमबार र मंगलबार क्षमता विकास सम्बन्धी प्रशिक्षण संचालन भएको थियाे ।                                                                                वडा नम्बर ७ वडा कार्यालयकाे आयाेजना तथा सुसम मिडिया प्रा.लि. (लाइभ गुल्मी) काे सहजीकरणमा संचालित दलित तथा महिला लक्षित कार्यक्रम अन्तर्गत क्षमता विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम दुई दिनसम्म संचालन गरेको वडा नम्बर ७ का वडाध्यक्ष शालिकराम टण्डनले जानकारी दिए । साेमबार गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले दुई दिने प्रशिक्षण कार्यक्रम उद्घाटन गरेकी थिइन् । कार्यक्रम उद्घाटन गर्दै उपाध्यक्ष थापाले सामाजिक सचेतनाका लागि बिशेष गरेर महिलाको क्षमता विकास गर्न याे कार्यक्रम प्रभावकारी हुने बताएकी थिइन् ।                                                                          दुई दिने प्रशिक्षण कार्यक्रममा मुख्य प्रशिक्षककाे रुपमा नेपाल पत्रकार महासंघ गुल्मीका पूर्वअध्यक्ष पत्रकार जनार्दन घिमिरे र प्रशिक्षककाे रुपमा जिल्ला समन्वय समिति गुल्मीका राेशन सिंह ठकुरी रहेका थिए । पहिलो दिनको औपचारिक कार्यक्रम समापनसँगै प्रशिक्षण संचालन भएको थियो ।                                                                                मंगलबार प्रशिक्षण सकिएसँगै समापन सत्र संचालन भएको थियो । समापन सत्रमा सहभागीकाे तर्फबाट प्रतीक श्रेष्ठले दुई दिने क्षमता विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम निकै प्रभावकारी रहेको बताएकी थिइन् । उनलेे आगामी दिनमा यस्तै सकारात्मक साेंच र क्षमताको विकास गर्ने कार्यक्रम ल्याउनुपर्ने बताइन् । सहभागीकाे तर्फबाट सीता टण्डन, माया ट्डन, प्यउली केसी, किट्टु  नेपाली, उमाकली सुनार र तुल्सा अर्यालले दुई दिनको कार्यक्रममा सिकेको सिकाइका बारेमा भनाइ राखेका थिए । कार्यक्रममा एक सय २० जना स्थानीय दलित तथा महिला सहभागी भएका थिए ।                                                                              समापन कार्यक्रममा प्रमुख अतिथि गुल्मीदरबार गाउँपालिका अध्यक्ष सराेजकुमार थापाले प्रतिनिधिमुलक रुपमा सहभागीकाे मन्तव्यले प्रशिक्षण कार्यक्रम लाभदायक र प्रभावकारी बनेको बताए । उनले स्थानीय महिलाकाे क्षमता विकासका लागि आगामी दिनमा पनि यस्तै कार्यक्रम आयाेजना गर्ने प्रतिबद्धता ब्यक्त गरे ।                                                                          कार्यक्रमकाे समापन गर्दै गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष शालिकराम टण्डनले सहभागी सबैलाई धन्यवाद दिए । कार्यक्रमकाे सहजीकरण गर्ने सुसम मिडिया प्रा.लि. (लाइभ गुल्मी) लाई धन्यवाद दिए । उनले दुई क्षमता विकास सम्बन्धी कार्यक्रम निकै राेचक, सरल र सहज ढंगबाट संचालन भएको र स्थानीय महिलाको उत्साहजनक सहभागिता रहेकोमा आगामी दिनमा पनि यस्तै कार्यक्रम वडामा संचालन गर्ने बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया