गुल्मीदरबारको जुभुङ्गमा क्षमता विकास सम्बन्धी दुई दिने प्रशिक्षण संचालन



नवीन कार्की


गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा क्षमता विकास सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम गरिएको छ । गाउँपालिकाकाे २ नम्बर वडा कार्यालय जुभुङ्गकाे आयोजना तथा सुसम मिडिया प्रा.लि (लाइभ गुल्मी) काे सहजीकरणमा साेमबार र मंगलबार दुई दिने दलित तथा महिला विकास कार्यक्रम अन्तर्गत क्षमता विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको हो ।                                                                              साेमबार सुसम मिडिया प्रा.लि (लाइभ गुल्मी) का अध्यक्ष सन्तोष महताराले संचालन गरेकाे कार्यक्रम गुल्मीदरबार गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष बिष्णुप्रसाद गाैतमकाे अध्यक्षतासँगै सुरु भएको थियो । राष्ट्रिय गानमा सहभागी हुँदै वडा सदस्य हुमकला सुनारकाे स्वागत मनतव्यबाट उपस्थित अतिथि र सहभागी ५० भन्दा बढी महिलालाई स्वागत गरिएको थियो ।                                                                           कार्यक्रमका अध्यक्ष गुल्मीदरबार गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष बिष्णुप्रसाद गाैतमले ब्यानर पढेर कार्यक्रमकाे उद्घाटन गर्दै औपचारिक कार्यक्रमकाे समापन र प्रशिक्षण कार्यक्रमकाे शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा मनतब्य राख्दै वडाध्यक्ष गाैतमले क्षमता पहिचान नहुँदा पिछडिएका वर्ग सधैं पिछडिएका कारण क्षमता विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम आयाेजना गरेको बताए । उनले कार्यक्रममा उत्साहपुर्ण सहभागिताका लागि सहभागी सबैलाई आग्रह गरे । प्रशिक्षण कार्यक्रम प्रशिक्षक सन्तोष गहतराजले आफ्नो प्रस्तुतिसँगै शुभारम्भ गरे । उनलेे नेतृत्व विकास, उद्घाेषण र क्षमता अभिवृद्धिकाे बिषयमा प्रशिक्षण दिए ।                                                                        त्यस्तै मुख्य प्रशिक्षक राेशन सिंह ठकुरीले व्यवहारिक ज्ञानसँगै जीवनउपयाेगी ज्ञान, क्षमता विकास, बाेल्ने शैली र कला लगायतको बिषयमा प्रशिक्षण दिएका थिए । यो क्रम साेमबार औपचारिक कार्यक्रम समापनपछि मंगलबार साँझ समापन कार्यक्रम अघिसम्म निरन्तर चलेको थियो ।                                                                           दुईदिने प्रशिक्षण कार्यक्रमको मंगलबार समापनकाे क्रममा सहभागीकाे तर्फबाट प्रतिनिधिमुलक तीन जनाले आफूले सिकेकाे र कार्यक्रमकाे प्रभावकारिताका बिषयमा जानकारी गराएका थिए । सहभागी लक्ष्मी गाैतमले प्रशिक्षण कार्यक्रम निकै उपलब्धिमुलक भएकोले आगामी दिनमा पनि कार्यक्रम राख्नुपर्ने बताइन् । उनलेे क्षमता विकास सम्बन्धी राखिएको प्रशिक्षणबाट कार्यक्रम संचालन, परिचय, बाेल्ने कला र सीप, ब्यक्तित्व विकास, क्षमता विकास, नेतृत्व विकास र उद्घाेषण सम्बन्धी धेरै सिक्न पाएकाे बताइन् । प्रशिक्षण कार्यक्रममा सहभागी लक्ष्मी घर्ती र तिलकुमारी घर्तीले साेही अनुसारको भनाइ राखेका थिए । प्रशिक्षण कार्यक्रमबाट आफूहरू सन्तुष्ट रहेको र आगामी दिनमा यस्तै कार्यक्रममा सहभागी हुन इच्छुक रहेको सहभागीले बताएका थिए ।                                                                            कार्यक्रममा मुख्य प्रशिक्षक राेशन सिंह ठकुरीले मन्तव्य राख्दै उत्साहजनक सहभागिताका लागि सहभागी सबैलाई धन्यवाद दिए । उनले सिक्नु मात्रै ठुलो कुरा नभई व्यवहारमा लागु गर्न सबैलाई आग्रह गरे । प्रशिक्षण कार्यक्रममा सहभागी सम्पुर्णलाई प्रमाणपत्र प्रदान गरिएको थियो । गुल्मीदरबार गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष बिष्णुप्रसाद गाैतमले सहभागी सबैलाई प्रमाणपत्र हस्तान्तरण गरे । कार्यक्रममा प्रशिक्षकको भुमिकामा रहेका मुख्य प्रशिक्षक राेशन सिंह ठकुरी र प्रशिक्षक सन्तोष गहतराजलाई सम्मान पत्रले सम्मान गरिएको थियो । वडाध्यक्ष गाैतमले प्रशिक्षकलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए । सुसम मिडिया प्रा.लि (लाइभ गुल्मी) का अध्यक्ष सन्तोष महताराले कार्यक्रमकाे सहजीकरण गर्ने अवसर प्रदान गरेकोमा वडाध्यक्ष साथै वडा कार्यालय परिवारलाई धन्यवाद दिएका थिए । कार्यक्रमकाे सहजीकरणकाे भुमिकामा सुसम मिडिया प्रा.लिकाे तर्फबाट सुमन महतारा रहेका थिए ।                                                                            कार्यक्रमकाे समापन गर्दै वडाध्यक्ष बिष्णुप्रसाद गाैतमले प्रशिक्षण कार्यक्रम निकै प्रभावकारी रहेको बताएका थिए । उनले कार्यक्रमकाे सहजीकरण गर्ने मिडिया, सहजकर्ता, प्रशिक्षक, सहभागी सबै र सम्पूर्णलाई धन्यवाद दिँदै आगामी दिनमा यस्तै कार्यक्रम साविकका वडामा पुगेर संचालन गर्ने आश्वासन दिएका थिए । वडाध्यक्ष गाैतमले सबै नागरिककाे क्षमता विकास हुन जरुरी रहेकोले यो कार्यक्रम आयाेजना गरेको र उत्साहजनक सहभागी भएकोमा सबैलाई धन्यवाद दिएका थिए । उनले भाैतिक विकासलाई मात्रै विकास मान्नुकाे सट्टा यस्तै सचेतनामुलक कार्यक्रम, क्षमता विकास कार्यक्रम र बाेल्ने कला तथा शैलीका उपलब्धिमुलक कार्यक्रम गरिएकाे भन्दै दुई दिने क्षमता विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम समापन गरेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया