ठुला जहाज खरिद गर्दा साना अनिवार्य गर्न प्रधानमन्त्रीलाई नगरप्रमुख पन्थीकाे आग्रह



सुमन महतारा


गुल्मी । नेपाली काङ्ग्रेस गुल्मीका सभापति तथा रेसुङ्गा नगरपालिका प्रमुख खिल्वज पन्थीले प्रधानमन्त्रीलाई ठुला जहाजका मालिकलाई साना टुइनेटर जहाज किन्ने नीति बनाउन सुझाव दिएका छन् ।                                                                           अरबाैं खर्च गरि निर्माण गरिएका विमानस्थलहरुमा टुइनेटर विमानकाे अभावका कारण नागरिकको जहाज चढ्ने सपना र राज्यको ढुकुटीकाे प्रयोग सहि ठाउँमा  हुन नसकेको सभापति पन्थीले गुनासो गरे ।                                                                           आइतबार नगरपालिकामा आयोजित जाउँ हिड रेसुङ्गा अभियानकाे बिषयमा आयोजित धन्यवाद सभामा सभापति पन्थीले प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्डलाई साना जहाज किन्ने निति बनाउने कुरामा सुझाव दिदा सकारात्मक प्रतिक्रिया दिएको पन्थीले बताए ।
अहिले गुल्मीको सिमिचाैरमा नेपाल एयरलाइन्सले हप्ताको तिनपटक उडान गरिरहेकाे छ भने शनिबारदेखि हप्ताको चारपटक उडान हुने भएको हाे ।                                                                          नेपाल एयरलाइन्स संग थाेरै जहाज भएका कारण प्राप्त मात्रामा नेपाल एयरलाइन्सले  सरकारि जहाज चलाउँन सकेको छैन । गुल्मीमा मात्र त्याे समस्या नभएर देशभरका विमानस्थलमा याे समस्या छ । देशको काठमाडौं ,भैरहवा र पाेखरामा मात्र ठुला जहाज चल्ने गर्दछन भने देशका अधिकांश ठाउँमा साना जहाज नै चल्ने गर्दछन ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया