गुल्मीदरबारको अमरअर्वाथाेकमा क्षमता विकास सम्बन्धी प्रशिक्षण सम्पन्न



नवीन कार्की


गुल्मी । गुल्मीदरबार गाउँपालिकाकाे अमरअर्वाथाेकमा महिला तथा दलित क्षमता विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गुल्मीदरबार गाउँपाालिक  ५ नम्बर वडा कार्यालयकाे आयोजना तथा सुसम मिडिया प्रालि (लाइभ गुल्मी) काे सहजीकरणमा महिला तथा दलित लक्षित कार्यक्रम अन्तर्गत क्षमता विकास सम्बन्धी प्रशिक्षण सम्पन्न भएको हो ।                                                                                 प्रशिक्षण कार्यक्रमकाे उद्घाटन गर्दै गुल्मीदरबार गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष गुणानिधी पाैडेलले क्षमता विकास सबैमा आवश्यक रहेकोले कार्यक्रमकाे आयोजना गरेको बताएका थिए । उनले सहभागीकाे उत्साहजनक सहभागीताले आगामी दिनमा पनि यस्तै कार्यक्रम अगाडि बढाउने बताएका थिए । प्रशिक्षण कार्यक्रम निकै प्रभावकारी भएको भन्दै वडाध्यक्ष गुणानिधी पाैडेलले सहजीकरण गर्ने सुसम मिडिया प्रालि (लाइभ गुल्मी) र प्रशिक्षकलाई धन्यवाद दिए ।                                                                                कार्यक्रममा राेशनसिंह ठकुरी मुख्य प्रशिक्षकका रुपमा थिए । स्थानीय दलित तथा महिला सहभागी रहेको प्रशिक्षण कार्यक्रमकाे सहजीकरण सुमन महतारा, सन्ताेष महतारा र अनिष पन्थीले गरेका थिए । कार्यक्रममा वडा सदस्य ज्ञानकुमार श्रेष्ठको स्वागत मनतव्य र वडा सदस्य गाेकर्णराज रानाले सहभागी सबैलाई धन्यवाद मनतब्य दिएका थिए ।

 

Jeewan and Rajan Tailors

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया