नवीन कार्की, गुल्मी । गुल्मीदरबारको बलिथुममा नेतृत्व विकास सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । गुल्मीदरबार गाउँपालिका १ नम्बर वडा कार्यालयकाे आयोजना र सुसम मिडिया प्रालि (लाइभ गुल्मी) काे सहजीकरणमा दुई दिने नेतृत्व विकास सम्बन्धी प्रशिक्षण सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रमकाे उद्घाटन गुल्मीदरबार गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष राजेन्द्र कँडेलले गरेका थिए । वडाध्यक्ष कँडेलले दलित तथा महिलालाई नेतृत्व विकासमा अब्बल बनाउन वडाले कार्यक्रम तय गरेर शुभारम्भ गरेको बताएका थिए । उनलेे दुईदिनसम्म चलेको नेतृत्व विकास सम्बन्धी प्रशिक्षण कार्यक्रमकाे समापन गरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य दिलकुमारी खत्रीको स्वागत मनतब्य, प्रशिक्षक राेशनसिंह ठकुरीकाे प्रशिक्षण, सुसम मिडिया प्रालिको तर्फबाट सुमन महतारा, सन्तोष महतारा र अनुप सुनारको सहजीकरणमा नेतृत्व विकास कार्यक्रम संचालन भएको थियो ।
तपाईंको प्रतिक्रिया
-
कार्की लाइभ गुल्मीका बजार व्यवस्थापक हुन् । उनी लाइभ गुल्मीका संवाददाता समेत हुन् ।लेखक द्वारा अन्य